Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनौठो धन्दाः कारमा चढेर पुग्ने ‘ब्राण्डेड’ रक्सी लिएर सुइँकुच्चा ठोक्ने, अन्ततः परे प्रहरी फन्दामा

हाम्रो कोशी आवाज
मंसिर १३ २०८०, बुधबार
धरानमा अनौठो धन्दाः कारमा चढेर पुग्ने ‘ब्राण्डेड’ रक्सी लिएर सुइँकुच्चा ठोक्ने, अन्ततः परे प्रहरी फन्दामा

धरानः धरानमा एक अनौठो घटना घटेको छ । एक युवा कहिले कारमा त कहिले चल्तीका मोटरसाइकलमा चढेर आउने गर्दथे र मोबाइल फोन प्ले गरिदिन्छु भन्दै मदिरा लिएर सुइँकुच्चा ठोक्ने गर्दथे । उनी मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन् । निकै आजित बनेका धेरै व्यवसायीले भने उनलाई समातेर प्रहरीकहाँ बुझाएका छन् । उनी कारमा सवार भएर धरानका विभिन्न पसलबाट ब्रान्डेड मदिरा माग्ने र ‘मोबाइल फोन पे’ गरिदिएको छु भन्दै हिँड्ने गरेका थिए ।
पक्राउ पर्नेमा धरान–१९ का विकास साह रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । उनको साथबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डको शाखा अधिकृतको परिचय पत्र पनि फेला परेसँगै ७ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले यसअघि पनि पटक पटक धेरै व्यवसायीलाई त्यसै गरेको र आफ्नो पसलमा पनि ३६ सयको मदिरा किनेर सुइँकुच्चा ठोकेको बताए ।
धरानका फरक फरक मदिरा पसलमा उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको छ । कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले केही दिनयता धरानका मदिरा पसलहरूमा ‘मोबाइल पे गर्छु’ भन्दै ब्राण्डेड रक्सी लिएर भाग्ने गरेका व्यवसायीले बताएका छन् । भानुचोकबाट पक्राउ परेका उनले मदिरा पसलका मालिकहरू नभएको मौकामा रक्सी किन्ने बहाना गर्दै चोरेर हिँड्ने गरेको हतुवालीले बताए ।
उनले बीपी प्रतिष्ठानस्थित निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिँडेका मात्रै थिएनन् सोमबार धरानस्थित भानुचौकमा पुगेर मदिरा किनिदिनुहोस् भन्दै हिँडेका थिए । मंगलबार चोरीको मदिरा बेच्न फेरि पुगेपछि प्रहरीको जिम्मा लगाइएको बाबा कोल्ड ड्रिङ्क्सका मालिक श्रवण गुप्ताले बताए ।

प्रकाशित मिति: मंसिर १३ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend