Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलिदेखि जिल्लास्तरीय डिपो कप

हाम्रो कोशी आवाज
मंसिर १४ २०८०, बिहिबार
धरानमा भोलिदेखि जिल्लास्तरीय डिपो कप

धरानः डिपो स्कुलको आयोजनामा शुक्रबारदेखि शुरु हुन लागेको १८ औं ललित–अम्बर डिपो कपको तयारी पूरा भएको छ ।
मंसिर १५ देखि २२ गतेसम्म सम्पन्न हुने डिपो कपको उदघाटनमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराले प्रतिस्पर्धा गर्नेछन् । सुनसरी जिल्लास्तरीय प्रतियोगिताको १८ औं संस्करणमा धरानका १२ र धरान बाहिरका ४ विद्यालयले सहभागिता जनाउनेछन् । सहभागी विद्यालयहरुमा धरानबाट आयोजक डिपो, कार्मेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरी, माउन्ट हर्मन, दिल्ली पब्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिविकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको आयोजकले जनाएको छ । यसैगरी धरान बाहिरबाट हिमशिखर तरहरा, मर्निङ स्टार भरौल, बराह राइजिङ स्टार र लर्ड बुद्ध स्कुल रामधुनीबाट सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका बिजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कुष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी दिलबहादुर प्लेट च्याम्पियनका बिजेताले नगद ३ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल बहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको खेल मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend