Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा रहेर निःस्वार्थ समाजमा योगदान दिने १०० जना एकसाथ सम्मानित

हाम्रो कोशी आवाज
मंसिर १९ २०८०, मंगलबार
धरानमा रहेर निःस्वार्थ समाजमा योगदान दिने १०० जना एकसाथ सम्मानित

धरानः धरान-१ स्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले विभिन्न क्षेत्रमा समाजमा योगदान दिने १०० जनालाई सम्मान गरेको छ ।
धरानमा रहेर सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, पत्रकारिता लगायतका क्षेत्रमा निस्वार्थ भावनाले योगदान पुरयाउने ब्यक्तित्वहरुलाई सम्मान गरिएको केन्द्रकी रुपा दिज्यूले जानकारी दिइन् ।
समाजसेवीहरुलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढङ्गले समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको केन्द्रकी मुख्य सञ्चालिका नानीमैया श्रेष्ठले जानकारी दिइन् ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न विराटनगरकी सञ्चालिका गीता दिज्यू, माउण्ट आबुका कोअर्डिनेटर वीरेन्द्र भाइजी, अन्तर्राष्ट्रिय मोटिभेसनल स्पीकर मुम्बइका प्राध्यापक इभी गिरिसलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपमेयर आफू कार्यपालिका बैठकमा हाँसिरहेको पनि आलोचना गरिरहेको बताए । उनले जति आलोचना गरेपनि हाँसिरहने समेत बताए । ‘कार्यपालिका बैठकमा झगडा भइरहन्छ, उपमेयर बेघा हाँसेर बसिरहन्छ समेत भन्छन्’, उनले भने, ‘कहाँबाट सिक्यो होला भन्छन् तर मैले केही केन्द्रबाट यस्तो कुरा सिकें ।’ कोही मान्छेलाई षडयन्त्र गरेर, फँसाएर, लडाएर, कोहीले हिलो छ्यापेर, आरोप लगाएर, मार्छु भनेर कोही अघि बढ्दैन भन्ने आफ्नो निष्कर्ष रहेको समेत उनले सुनाए ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय प्रजापिता ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय माउन्ट आबु राजस्थानदेखि समाजसेवा विभागको आगमनमा ‘आऔं हामी हामी मिलेर बनाऔं एक स्वर्णीम समाज’ भन्ने नाराका साथ धरानमा यस्तो कार्यक्रम भएको हो ।
वि.स.२०२३ सालमा धरानमा स्थापना भएको केन्द्रले मानिसलाई सत्मार्गमा डोहोरयाउने, योगा गर्ने, शान्तिको सन्देश छर्ने, असल चरित्र निर्माण गरी सुन्दर समाज निर्माण गर्नमा टेवा पुरयाउने काम गर्दै आएको जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: मंसिर १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend