Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दु खोलामा लगानी बालुवामा पैसाः १० करोड ६२ लाख फालेपछि लाखौं पैसा खोलाले बगायो (भिडियोसहित)

हाम्रो कोशी आवाज
मंसिर २२ २०८०, शुक्रबार
धरानको सर्दु खोलामा लगानी बालुवामा पैसाः १० करोड ६२ लाख फालेपछि लाखौं पैसा खोलाले बगायो (भिडियोसहित)

धरानः अन्ततः धरानमा सर्दु करिडोर बन्ने भएपछि खुशी भएका जनता निराश भएका छन् ।
दुई वर्षभित्र सक्ने लक्ष्यका साथ २०७८ असोज २ गते भीम आचार्य कोशी प्रदेशका मुख्यमन्त्री हुँदा तामझामका साथ उद्घाटन भएको करिडोर अहिले लथालिङ्ग अवस्थामा पुगेको छ ।
२५ करोड ४० लाखको लागत इस्टिमेट र १० करोड ६२ लाख ६१ हजार ४४ रुपैयाँको ठेक्का सम्झौतामा यो परियोजना सञ्चालन नहुँदै तुहिएको जस्तै अवस्थामा पुगेको छ । यो बाँध बाँध्ने मात्रै नभई भविष्यमा असाध्यै आकर्षक, भव्य पर्यटकीयस्थल, भव्य पर्यटकीयस्थलहरु भएको, सडक भएको, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जाने र रमाइलो गर्ने, फर्किनेस्थलको रुपमा विकास गर्ने परिकल्पना अन्तर्गतको शुरुवात भएको परियोजना भनिएपनि अहिले लथालिङ्ग अवस्थामा पुगेको हो ।
धरान–१७ स्थित धरान–चतरा सडक खण्डमा पर्ने पुल नजिकैबाट वालुवामात्रै हालेर बाँध बाँधेर लगिएको र त्यो अहिले सर्दु खोलाले बगाइसकेको छ । त्यहाँ अहिले वालुवामा खन्याएजस्तोमात्रै भएको छैन, बालुवामा खन्याएको पैसा समेत बगाएको छ । अहिले करोडौं लगानी भएपनि लाखौं रुपैयाँ भने खोलाले बगाएको छ ।
हिमालय टोल विकास संस्थाका अध्यक्ष अम्बरबहादुर श्रेष्ठले सर्दु खोलाका कारण बालुवा लगाइएर बाँध निर्माण गरी करिडोरस्थल बगाएपछि ठेकेदारसमेत अहिलेसम्म बेपत्ता भएको बताए । परियोजनाको दुईवर्षभित्र सक्नेगरी ठेक्का लगाइएपनि अहिलेसम्म थोरै मात्र काम भएको छ, बनाइएका संरचना पनि धमाधम सकिँदैछन् ।
धरान–१७ को पुलदेखि पाँच किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने, जाली, ढुंगासहितको रिमेटमिनवाल लगाइने, १७ सय मिटरमा कंक्रिटको ढलाइ र ढुंगा भरिने, १६ सय ७५ मिटरमा पक्का आरसिसीको रड राखिने भनिएपनि अहिलेसम्म कुनै संरचना गतिलो छैन । भएका संरचना पनि खोलाले बगाइसकेको छ ।
परियोजना बने ७ सय घरधुरीका करिब १४०० घरधुरी लाभान्वित हुने जनाएपनि हालसम्म कोही लाभान्वित नबनेको स्थानीबासीले बताए ।
बहुवर्षे आयोजना सर्दु करिडोरको २०७८ जेठ ८ गते बोलपत्र आहवान भएको थियो । प्रदेश सरकार सरकारले बहुवर्षीय योजनाअन्तर्गत ठेक्का स्वीकृत गरेको र सो अनुसार प्यासिफिक जलजला कम्पनीले सम्झौता गरेर निर्माण थालेको जलस्रोत तथा सिंचाइ विकास कार्यालय सुनसरी डिभिजनले जनाएको छ । यसमा संघीय सरकार र धरान उपमहानगरपालिकाले साझेदारी गर्नेगरी बजेटको व्यवस्था गरेको थियो ।
यस विषयमा धरान उपमहानगरपालिका र वडाध्यक्षले खासै चासो नदेखाएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: मंसिर २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend