धरानः धरानस्थित डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औं ललित–अम्बर डिपो कपको उपाधि पुलिस स्कुलले चुमेको छ ।
अत्यन्त प्रतिस्पर्धामक भएको फाइनल खेलमा पुलिस स्कुलले बराह राइजिङ स्टारलाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । पुलिस स्कुलका अङ्शु बस्नेतले खेलको दोस्रो आफको ८ मिनट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयसम्म दुवैतर्फ कुनै गोल हुन नसकेपछि पुलिस बिजेता बनेको थियो ।
बिजेता पुलिस स्कुलले उपाधिसँगै नगद एघार हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो हुने देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की, हाइस्कोरर बराहका सुवोध कटुवाल, बेस्ट डिफेम्स पुलिसका रोयल चौधरी र बेस्ट गोलकिपर पुलिसका सन्देश कुश्व घोषित भए । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित भए ।
यसैगरी दिलबहादुर प्लेट च्याम्पियना कार्मेल स्कुलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता मर्निङ स्टारले नगद १ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल ब्यस्वस्थापन समिति अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथी धरान उपमहानगर उपमेयर अइन्द्रविक्रम बेघा, अग्रज पत्रकार एवं युवा नेता भीमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, ब्यवस्थापन समिति सदस्य सूर्य पन्धाकलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भएको थियो ।
तस्वीरः विकास चाम्लिङ राई




