धरानः धरान-१६ स्थित सियोन स्कुलमा भूकम्प प्रतिरोधसम्बन्धी प्रशिक्षण आयोजना भएको छ ।
कार्यक्रममा कक्षा–८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी थिए । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर विद्यालयले भूकम्पबाट बाँच्न सकिने उपायका बारेमा विद्यार्थीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा दिइएको प्रिन्सिपल, डाइरेक्टर खड्गबहादुर थापा मगरले जानकारी दिए ।
नेपाल भूकम्पका लागि जोखिम क्षेत्र भएकोले यससम्बन्धी विद्यार्थीहरूलाई जानकारी गराउन आवश्यक रहेकोले सो कार्यशाला गराइएको लेखा प्रमुख एल्कन थापा मगरले बताए । कार्यक्रममा सहजीकरणको भूमिका १ नम्बर बाहिनी मुख्यालय पकलीका एसएसपी रविन कर्णजीत साथै डिएसपी जनक बस्नेतले गरेका थिए ।














