Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब धरानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र भण्डारण गर्न नपाइने

हाम्रो कोशी आवाज
माघ ५ २०८०, शुक्रबार
अब धरानमा सुर्तीजन्य पदार्थ बिक्री वितरण र भण्डारण गर्न नपाइने

धरान: धरान उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्र सुर्तीजन्य वस्तु आयात, बिक्री तथा प्रयोगमा रोक लगाउन निर्देशन गरेको छ । उक्त निर्देशनअनुसार पुस २९ गतेको कार्यपालिका बैठकबाट निर्णय भइसकेको र १५ दिनपछि सुर्तीजन्य वस्तु आयात तथा विक्री वितरण गर्न नपाइने भएको छ ।
सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने जनाइएको छ । ‘आफूसँग भएको स्टक सकाउन १५ दिनको समयावधि व्यापारीलाई दिइएको छ । त्यसउता बिक्री गर्न पाइने छैन ।’ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले भने ।
नगर प्रहरीले पसल–पसलमा गएर अनुगमन गर्ने र कसैले बिक्री गरेको पाइएमा सामान जफत गरी कारबाही समेत गरिने बताए । नगर क्षेत्रका सार्वजनिकस्थलहरु पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थललगायतका स्थानमा त्यस्ता सामग्री वितरणमा रोक लगाइने उनले जानकारी दिए ।
सुर्तीजन्य पदार्थ नियमन ऐन २०६८ अनुसार यी स्थानलाई सार्वजनिक स्थान मानिएको छ । यदि कसैले नियम उल्लंघन गरे जरिवाना र कारवाही समेत गरिने जनाइएको छ ।
उनले स्वस्थ्य सहर निर्माण अभियानको पहिलो चरणमा सुर्तीजन्य पदार्थको प्रयोग, भण्डारण र विक्रीमा प्रतिबन्ध लगाइएको उल्लेख गरे ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ४ ले यस्ता स्थानमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ ।

प्रकाशित मिति: माघ ५ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend