Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फिल्म धमाधम छायाङ्कन, मेयर हर्क साम्पाङको पनि अभिनय (१२ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ १४ २०८०, आइतबार
धरानमा फिल्म धमाधम छायाङ्कन, मेयर हर्क साम्पाङको पनि अभिनय (१२ तस्वीर र भिडियोसहित)

धरानः धरानमा धरानकै पात्र उभ्याएर ‘खजुरे ब्रो’ लाई उभ्याएर खजुरे ब्रो नामक नेपाली चलचित्रको धमाधम छायाङ्कन भइरहेको छ ।
धरानकै पात्रलाई उभ्याएर धरानका अधिकांश स्थान, भेडेटारमा समेत यो चलचित्रको छायाङ्कन भइरहेको निर्देशक सुरज सुनुवारले जानकारी दिए ।
चलचित्रमा धरान उपमहानगरपालिकाका मेयरहर्क साम्पाङको समेत पहिलो अभिनय रहेको छ । शनिबार साँझ उनले पनि सो चलचित्रमा अभिनय गरेका छन् । धरान–१४ स्थित विजयपुर स्कुलस्थित हलमा उनले पुस्तक विमोचन गर्दै अन्य भूमिकामा देखिएका छन् । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ ।
‘फिल्ममा उहाँलाई मेयरकै भूमिकामा देख्न सकिन्छ । कथाले मागेअनुसार नै खिचिएको हो’, उनले भने । फिल्ममा सुटिङपछि मेयर साम्पाङ थप उत्साहित हुँदै भने, ‘फिल्म खेल्नुमात्रै ठूलो कुरा होइन, फिल्मले धरानकै पात्रलाई उभ्याइनु, धरानमै अधिकांश छायाङ्कन हुनुले धरानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै धरानलाई थप परिचित गराउन मद्दत पुग्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।’
कमेडी जनरामा निर्माण भइरहेको फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले पनि डेब्यु गरेको फिल्म हो । चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, मनीष राउत, प्रेम सुब्बा, सुजाता राईलगायतको मुख्य भूमिका रहने जनाइएको छ ।
आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’को कथा र सम्पूर्ण टिम मन परेको कारण आफूले काम गरेको अभिनेत्री नीति शाहले बताइन् । चलचित्र राम्रो बन्नेमा उनी ढुक्क छिन् । चलचित्रको छायांकन एकदमै राम्रो भइरहेको पनि नीतिले बताइन् ।
रेयरले ‘खजुरे ब्रो’को शीर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायांकन गर्ने चलचित्रको धरानमा छायांकन सकेर टिम दार्जिलिङमा केही सर्टका लागि पुग्ने जनाइएको छ । अनमोल गुरुङको संगीत रहने चलचित्रको सहनिर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् ।
धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमै फिल्म बनाइएको निर्देशक सुनुवारले बताए । दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ ।

प्रकाशित मिति: माघ १४ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend