Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका विद्यार्थीले गणित मोडल, प्रोजेक्ट र प्रतिभा प्रस्तुत र प्रदर्शन (४८ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ २० २०८०, शनिबार
धरानको विष्णु स्कुलका विद्यार्थीले गणित मोडल, प्रोजेक्ट र प्रतिभा प्रस्तुत र प्रदर्शन (४८ तस्वीर र भिडियोसहित)

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले गणित मोडल, प्रोजेक्ट तयार पारेर प्रस्तुत गरेका छन् ।
शुक्रबार दिनभरजसो उनीहरुले सो प्रस्तुति प्रस्तुत गरेका हुन् । कक्षा–६ देखि माथिका ७६ जना विद्यार्थीले यस्तो प्रदर्शन गरेका हुन् । उनीहरुले गणित विषयसँग सम्बन्धित फरक फरक प्रस्तुति दिएका थिए ।
गणित विषयमा व्यवहारिकरुपमा कसरी बुझ्न, शिक्षण सिकाइको सहजीकरणको निम्ति यस्तो कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘खासमा भन्ने हो भने गणित गाह्रो विषयको रुपमा लिइन्छ तर ‘कन्सेप्ट’ बुझेको खण्डमा सहज हुन्छ भन्ने सन्देश छर्न पनि मोडल, प्रोजेक्ट आदि तयार गरेर विद्यार्थीले प्रस्तुत गरेका हुन् ।’ उनले थपे ।
उनीहरुले आफैंले तयार गरेका प्रोजेक्टलाई वर्णन गर्दै प्रस्तुत गरेका थिए । ‘अझै भन्ने हो भने यस कार्यक्रमले गणित शिक्षणमा सहजीकरण, आत्मविश्वास, गणित व्यवहारिक विषय भएकोले सम्झन सजिलो, आत्मविश्वास, स्टेजमा बोल्न सक्ने क्षमताको विकास हुन्छ भन्ने ठानेका छौं ।’ प्रिन्सिपल श्रेष्ठ भन्छन् ।
हरेक शुक्रबार अतिरिक्त क्रियाकलापलाई विद्यालयले जोड दिँदै आएको छ । अतिरिक्त क्रियाकलाप मात्रै नभएर विषयगत कुरालाई व्यवहारिकरुपमा कार्यक्रमहरु आयोजना गर्दै आएको प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।
प्रोजेक्ट वर्क प्रस्तुत गर्ने विद्यार्थीमध्ये प्रथम, द्वितीय, र तृतीय हुनेलाई पुरस्कार समेत वितरण गरिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: माघ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend