Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुम्निमा-पारुहाङको मूर्ति अनावरण

हाम्रो कोशी आवाज
माघ २२ २०८०, सोमबार
धरानमा सुम्निमा-पारुहाङको मूर्ति अनावरण

धरान धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो ।
धरान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन् । उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे ।
किरातीहरुको आदिम पुर्खा सुम्निमा पारुहाङको १२ फिट अग्लो मूर्ति सुनसरीमै पहिलोपटक निर्माण गरिएको यायोक्खाका अध्यक्ष राजेन्द्र राईले बताए ।
धरानका नगरप्रमुख हर्कराज राई साम्पाङको नेतृत्वमा धरान–२० चिन्डेडाँडा क्षेत्रमा पनि किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।

प्रकाशित मिति: माघ २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend