Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलले पढाइसँगै खेलकुदमा पनि विशेष जोड दिँदै

हाम्रो कोशी आवाज
माघ २३ २०८०, मंगलबार
धरानको विष्णु स्कुलले पढाइसँगै खेलकुदमा पनि विशेष जोड दिँदै

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले पढाइमा मात्रै होइन खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिँदै आएको छ’, खेलकुद सप्ताहअन्तर्गत आउटडोर खेल हेर्न पुगेकी कक्षा–१० श्रेया झाले थपिन्, ‘खेलकुदले पढाइमा सहयोग गर्नुका साथै मानसिक, शारीरिक विकाससँगै अनुशासन पनि सिकाउँछ भन्ने लाग्छ ।’
पढाइसँगै विद्यार्थीलाई खेलकुदमा खरो उतार्न साथै मानसिक, शारीरिक विकाससँगै अनुशासनका लागि विष्णु स्कुलले खेलकुद सप्ताह २०८० भव्यताका साथ आयोजना गरेको छ । दौड प्रतियोगिता (१००, २००, ४०० मिटर रेस), क्रिकेट, भलिबल, फुटबल, फुटसल, बास्केटबल, टेबलटेनिस, डोरी तान्ने, स्लो साइक्लिङ रेस, कवड्डी, चेस, पासिङ बल, म्युजिकल चेयर, ब्यान्डिङ बुक, बुक ब्यालेन्सलगायत एक दर्जन बढी मनोरञ्जनात्मक खेलहरुलगायतका खेलहरु समावेश गरी विद्यार्थीबिच प्रतिस्पर्धा गराइएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
‘पढाइसँगै अतिरिक्त क्रियाकलापले पनि पढाइलाई सहयोग गर्ने ठानेका छौं । प्रत्येक वर्ष खेलकुदका गतिविधि गराउँदै आएका छौं,’ प्रिन्सिपल श्रेष्ठले थपे, ‘यसले विद्यार्थीको पढाइसँगै खेलकुद विधामा अब्बल छन् भन्ने सावित गर्दछ ।’ विष्णु स्कुलले खेलकुद सप्ताह २०८० भव्यताका साथ आयोजना गरेको छ ।
विद्यार्थीहरुको शारीरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्य र ‘स्वास्थ्यका लागि खेल’ भन्ने उद्घोषका साथ खेलकुद सप्ताह कार्यक्रम आयोजना गरिएको अतिरिक्त क्रियाकलाप संयोजक शम्भु रेग्मीले जानकारी दिए । उनले खेलकुदले विद्यार्थीको पढाईसँगै चौतर्फी विकास हुने बताए । उनले शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने बताए ।
उनले विष्णु स्कुलले हरेक विद्यार्थीको लागि शिक्षा र खेलकुदलाई प्राथमिकताका साथ राखेको बताए । ‘खेलकुदले विद्यार्थीलाई अनुशासन सिकाउने, नैतिकवान बनाउने भएकोले हरेक विद्यार्थीलाई खेलकुदको क्षेत्रमा अगाडि बढाउनु जरूरी छ, यस्तै सोंचेर स्कुल अघि बढेको छ,’ उनले भने, ‘त्यही भएर यहाँका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् ।’ देशको असल नागरिक बन्नको लागि खेलकुदले सघाउन पु¥याउने र खेलकुदको मध्यमबाट समाजमा समेत राम्रो जनशक्ति उत्पादन हुने उनको भनाइ छ । केजीदेखि १० कक्षासम्मका विद्यार्थीहरु खेलकुदमा सहभागी भएका भए थिए ।
खेलकुद सप्ताह समापनका अवसरमा विद्यालयका प्रिन्सिपल श्रेष्ठले खेल सप्ताह सफलतापूर्वक सम्पन्न भएको बताउँदै नियमित तथा अतिरिक्त क्रियाकलापहरूलाई समयमै सम्पन्न गर्न अहोरात्र खटिने विद्यालयका कोअर्डिनेटरलगायत सबै शिक्षक शिक्षिका, कर्मचारी तथा अभिभावकहरूलाई धन्यवाद समेत दिएका छन् । खेलकुदमा प्रतिस्पर्धी विद्यार्थीमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरणको कार्यक्रम समेत राखिने उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend