Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्श कलेजमा मिनी म्याराथन प्रतियोगिता, खेलकुद सप्ताह सकियो (४३ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ २४ २०८०, बुधबार
धरान आदर्श कलेजमा मिनी म्याराथन प्रतियोगिता, खेलकुद सप्ताह सकियो (४३ तस्वीर र भिडियोसहित)

धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।
खेल सप्ताहको अन्तिम दिन सो प्रतियोगिता आयोजना भएको हो । धरानको भानुचोकदेखि शुरु भएको प्रतियोगिता छाताचोक, लक्ष्मी सडक हुँदै कलेज परिसरमा आएर टुंगिएको थियो । कलेज लेवलका विद्यार्थीबीच आयोजित प्रतियोगितामा छात्रतर्फ वसन्त धामी प्रथम, कुलबहादुर भुजेल द्वितीय र सञ्जय मोक्तान तृतीय बनेका थिए भने पासाङ तामाङले सान्त्वना र मणिराज राई पाँचौ भएका थिए ।
यस्तै, छात्रातर्फ सिम्रन लिम्बू प्रथम, अमिता खत्री द्वितीय, रोश्मी राई तृतीय बनेका थिए भने विजेता कार्की सान्त्वना र सुजिना तामाङ पाँचौं बने ।
कलेजकी अध्यक्ष सुनिता न्यौपानेले उद्घाटन गरेको कार्यक्रममा अधिकांश विद्यार्थीको सहभागिता थियो । कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको र पठनपाठनसँगै विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा जागरुप गराउन खेलकुद सप्ताह आयोजना गरिएको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
यसअघि खेलकुद सप्ताहको पनि अध्यक्ष न्यौपानेले नै गरेकी थिइन् । उनका अनुसार खेलकुद सप्ताहअन्तर्गत फुटबल, बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, एथलेटिक्स, सटपुट, क्रिकेट, चेसलगायतका खेलहरू खेलाइएको थियो ।
खेलकुद प्रतियोगितामा कुल २१ वटा खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको उनले जानकारी दिए । उनका अनुसार सबै खेलकुदका नतिजा समापनको अवसरमा सार्वजनिक गर्दै विजयी विद्यार्थीलाई समापनको अवसरमा पुरस्कार प्रदान गरिनेछ ।
हिसान सुनसरीले आयोजना गरेको ‘हिसान सुनसरी स्पोटस मिट २०८०’ आयोजित नृत्य प्रतियोगितामा सहभागी जनाएर प्रथम स्थान हासिल गरेको छ । यस्तै, फुटबल र भलिबलमा फस्ट रनरअप, वक्तृत्वकला प्रतियोगितामा प्रथम बन्न सफल भएको कोअर्डिनेटर दिलीप चौधरीले जानकारी दिए । यस्तै, युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको भलिबल प्रतियोगितामा फस्ट रनरअप बन्न सफल भएको उनले जानकारी दिए । धरान आदर्श शैक्षिक गतिविधि साथै खेलकुदमा पनि अब्बल छ भन्ने देखाउन यस्ता प्रतियोगितात्मक खेलकुदमा जोड दिँदै आएको शैक्षिक निर्देशक डा. मोहन पोख्रेलले जानकारी दिए । उनका अनुसार शिक्षा क्षेत्रमा धरान आदर्श ले उत्कृष्ट नतिजा निकाल्नुका साथै खेलकुद, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा पनि अब्बलता सावित गर्दै आएका छन् ।
‘शैक्षिक नतिजा हेर्दा कलेजका विद्यार्थीले धरान साथै कोशी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आएको छन्’, उनले थपे, ‘अतिरिक्त क्रियाकलाप फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, नृत्य, गायन, वक्तृत्वकलालगायतका विभिन्न प्रतियोगितामा हाम्रा विद्यार्थीले हारेका छैनन् ।’
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend