Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन कलेजकी छात्रा प्रदेश प्रथम, नगदसहित सम्मानित

हाम्रो कोशी आवाज
माघ २७ २०८०, शनिबार
धरानको युएन कलेजकी छात्रा प्रदेश प्रथम, नगदसहित सम्मानित

धरानः धरान-१६ स्थित यु.एन. नवोदय कलेजकी प्रिजा डाँगी सम्मानित भएकी छिन् ।
बिएचएम आठौं सेमेस्टरमा कोशी प्रदेश प्रथम हुने छात्रा प्रिजा डाँगीलाई शुक्रबार कलेजले सम्मान गरेको हो । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरी प्रिजालाई सम्मान गरिएको हो ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले २५ हजार नगदसहित सम्मानपत्रले सम्मान गरेका थिए । प्रिजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौं सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेश प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेश बाँस्तोला र सिर्जना लिम्बूले प्रिजालाई बधाई दिए । आफूले मिहिनेत गरेअनुसार प्रदेश प्रथम भई कलेजले सम्मान गर्दा खुशी लाग्नुका साथै थप हौसला मिलेको सम्मानित छात्रा डाँगीले बताइन् ।

प्रकाशित मिति: माघ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend