Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १२४ किलो गाँजासहित दुईजना टेम्पो चालक समातिए

हाम्रो कोशी आवाज
माघ २७ २०८०, शनिबार
धरानमा १२४ किलो गाँजासहित दुईजना टेम्पो चालक समातिए

धरानः धरानमा ठूलो परिमाणमा गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
उनीहरुलाई १२४ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना टेम्पो चालक रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११, रिटिङ टोलका १९ वर्षीय मौसम राई र धरान–११, रेसुंगा चोकका २२ वर्षीय अभिषेक शेर्मा छन् । शनिबार दिउँसो रिटिङ टोलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
प्रहरीका अनुसार, मौसम राईको घरअगाडि सडकमा दुई टेम्पो पार्किङ गरेर राखिएका थिए । जाँच गर्ने क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोमा ३६ किलो गाँजा भेटिएको थियो । त्यसका चालक मौसम स्वयं हुन् ।
यस्तै, को१ह ५०९८ नम्बरको टेम्पोमा ८८ किलो गाँजा फेला परेको थियो । उक्त टेम्पोका चालक अभिषेक हुन् । त्यसपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend