Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सोनाम ल्होसारसँगै सांस्कृतिक महोत्सवको रमझम शुरु (३४ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ २७ २०८०, शनिबार
धरानमा सोनाम ल्होसारसँगै सांस्कृतिक महोत्सवको रमझम शुरु (३४ तस्वीर र भिडियोसहित)

धरानः नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्य समितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले उद्घाटन गरेको सो महोत्सव आगामी फागुन ५ गतेसम्म चल्ने नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिका अध्यक्ष तथा महोत्सव संयोजक सपन योन्जन तामाङले जानकारी दिए ।
धरान–१२ स्थित पब्लिक स्कुलको खेल मैदानमा सो महोत्सव चलिरहेको छ । तामाङ जातिको नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रमहरु यस अघिका वर्षमा वडा वडामा गरिएता पनि यसवर्ष बृहतरुपमा मनाइएको उनको भनाइ छ । आफ्नो जातिको भाषा, संस्कार, संस्कृतिबारेमा समुदायमै जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
महोत्सवमा मनोञ्जनात्मक खेलहरु रोटे पिङ, ड्रागन, मिकी माउस खेल तमासाका अवाला पर्यटन प्रवद्र्धनको लागि बृहत फोटो पेन्टिङ प्रदर्शनीका साथै दैनिक साँस्कृतिक कार्यक्रमहरु समेत हुने महोत्सव व्यवस्थापनका संयोजक दीपक घिसिङले जानकारी दिए ।
महोत्सव अवधिभर तामाङ जातिहरुका साथै धरानमा बसोबास गर्ने सम्पूर्ण जातजातीहरुमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको आयोेजक नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले जनाएको छ । ८० वटा स्टलहरुमा विभिन्न जातीय परिकारहरू पनि राखिएका छन् ।
महोत्सवमा तामाङ जातिको पहिचान झल्काउने संस्कृति तथा चाड मनाइनुका साथै ऐतिहासिक परम्परालाई प्रवद्र्धनसँगै धरानको पर्यटन, पर्यावरणलाई सम्वद्र्धन गर्न र पर्यटक, भित्रयाउने र आर्थिक क्रान्तिमा टेवा समेत पुरयाउने उद्देश्य समेत रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले बहुजातीय, बहुभाषिक, बहुभार्मिक मुलुकमा सबै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । आफूहरुले धरानमा श्रम अभियानबाट थुप्रै काम गरिरहेको बताउँदै मेयर साम्पाङले सबै धरानबासी यस्तो कामका लागि जुट्नु आवश्यक भइसकेको बताए ।
तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होसार भएको संयोजक दीपक घिसिङ बताउँछन् । तामाङ समुदायका बालबालिका, किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत धरानमा भेला भएका थिए । यसअघि धरानका विभिन्न स्थानमा रयाली, झाँकीसहितको प्रदर्शनी पनि आयोजना भएको थियो । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको र सोहीअनुसार मनाइँदै अँएको जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend