Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका लाहुरे सुवास राई बेलायतका राजाबाट सम्मानित हुने

हाम्रो कोशी आवाज
माघ २८ २०८०, आइतबार
धरानका लाहुरे सुवास राई बेलायतका राजाबाट सम्मानित हुने

धरानः बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान–१५ चेम्जोङ पथ निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने भएका छन् ।
उनलाई बेलायतको वकिमहम प्यालेसमा बेलायतका राजा चाल्स तृतीयको हातबाट मेडल प्रदान गरेर सम्मान गर्न लागेका हुन् । यो बेलायतले विशिष्ट व्याक्तित्वहरुलाई मात्र दिइने सम्मानित पदवी हो । बेलायत आर्मी हुँदा र अवकासपछि पनि बेलायत सरकारको सहयोग र सामाजिक कार्यमा सक्रिय हुँदै विशेष योगदान दिएवापत राईलाई सम्मान गर्न लागिएको हो । इङल्याण्ड फुटबलर डेभिड व्याह्क्याम, महिला गोलकिपर मेरी इयर्पस लगायत यो पदवीले सम्मानित भइसकेका छन् ।
४८ वर्षीय राई रिटायर्ड बिट्रिस आर्मी हुन् । धरानबाट सन १९९६ मा २१ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका उनी १८ वर्षसम्म बेलायत सरकारको सेवा गरी २०१४ मा रिटार्यड भएका हुन् । राई अहिले पनि समस्यामा परेका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
जागिरबाट रिटायर्ड भएपछि राई समाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय छन् । हाल उनी नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन् । उनकै पहलमा बेलायतका विशेष ब्रिटिस गोर्खा बिग्रेड व्याण्डले गत साल धरान–१० के रनमा व्याण्ड प्रर्दशन गरेका थिए । सोही समयमा ब्याण्डले धरान रंगशालामा पूर्व ब्रिटिस गोर्खा सैनिकलाई समेत प्रर्दशन गरिएको थियो ।
यो पटक पनि धरान १० के रनमा र डिपो स्कुलमा पूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई ब्रिटिस गोर्खा विग्रेड व्याण्डले प्रदर्शन गर्नेछ । ब्रिटिस गोर्खा विग्रेड व्याण्डले बेलायतको विशेष समारोहमा मात्र व्याण्ड प्रर्दशन गर्ने गर्दछ ।

प्रकाशित मिति: माघ २८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend