Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा विद्यार्थीका लागि योग र ध्यान कक्षाः प्रभावकारी

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
धरानको विष्णु स्कुलमा विद्यार्थीका लागि योग र ध्यान कक्षाः प्रभावकारी

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माविले विद्यार्थीका लागि योग कक्षा सञ्चालन गर्दै योगा सिकाइएको छ । विद्यालयमा योगअन्तर्गत पतञ्जली योग समिति, धरानको आयोजनामा विद्यार्थीलाई योगा गराइएको हो ।
योग र ध्यानले बालबालिकाहरुको स्वास्थ्य राम्रो हुनुका साथै स्मरण शक्ति समेत वढ्ने भएकाले योग र ध्यान सिकाउन थालेको हो । कक्षा–७ मा अध्ययन २ सेक्सनका विद्यार्थीहरुलाई दुई पिरियड पारेर योग तथा ध्यान कार्यक्रम आयोजना भएको थियो । पतञ्जलीका नगर अध्यक्ष सुमनमान स्थापित, नगर सदस्य रघुनाथ झा, योग शिक्षिका रेखा भुजेल र मनु गुरुङले उनीहरुलाई योग तथा ध्यान सिकाएका थिए । यसले विद्यार्थीलाई प्रतिशोधको भावना भन्दा सहयोगको भावना विकास हुनुका साथै स्मरण शक्ति बलियो बनाउँदै पढाइमा ध्यान जानेछ र साथमा सम्झना पनि हुनेछ भन्ने आशा लिइएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । विद्यार्थीलाई शैक्षिक ज्ञानको अलावा विभिन्न अतिरिक्त क्रियाकलापबाट मानसिक र शारीरिक ज्ञान दिँदै आइरहेको विद्यालयले योगा सिकाएको उनी बताउँछन् ।
यसबाट विद्यार्थीहरूमा अध्ययन प्रति थप रुचि र ज्ञान हासिल हुने विश्वास लिइएको उनले जानकारी दिए । ‘विभिन्न योगासनहरु गरेर विद्यार्थीले आफ्नो पढाइमा ध्यान लगाउन सक्छन् साथै शारीरिकरुपमा तन्दुरुस्त पनि हुन्छन् भनेर यस्तो कार्यक्रमको आयोजना गर्दै आएका छौं, जुन विद्यार्थीका लागि प्रभावकारी समेत बन्दै गएको छ ।’ उनले भने ।
योग र ध्यानले बालबालिकाहरुलाई नैतिक र चरित्रवान बन्न मद्दत पुग्ने पतञ्जली योग धरानका अध्यक्ष रघुनाथ झा बताउँछन् । यस्ता कार्यक्रमहरु समय समयमा गर्न आवश्यक रहेको उनी बताउँछन् । योग कक्षाले विद्यार्थीमा स्वास्थ्य, आहारव्यवहार, बोली भाषामा समेत परिवर्तन हुनुका साथै विद्यार्थीको शैक्षिक अवस्थामामा पनि सुधार आउने उनी बताउँछन् । विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छ कि विद्यार्थी अवस्थामा देखिने समस्या (जस्तैः कमजोर स्मरण शक्ति, कमजोर दृष्टि, टाउको दुखाइ, तनाव, मनको चञ्चलता, समयमा सुत्ने–उठ्ने बानीको विकास आदि) समाधानको विकल्प योग हो । सानै उमेरदेखि विद्यार्थीलाई यी कुरा सिकाउन सके उनीहरुको ज्ञानमा परिवर्तन हुने संकेत देखिन्छ ।

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend