धरानः धरान–१२ मुख्य सडक (मुख्य बजार) मा ट्रकको ब्रेक फेल भएर घरभित्र पस्दा सवारी साधनमै क्षति भएको छ ।
प्रदेश १-०४४-००१ क नम्बरको ०१०७ नम्बरको ट्रक बीच बजारमै दुर्घटनामा परेको हो । धरान-१२ महेन्द्रपथमा इँट्टा बोकेको ट्रक दुर्घटनामा परेको हो । ब्रेक फेल भएको सो ट्रकको पछाडिको भाग सर्दै जाँदा स्थानीय पिके ज्वेलर्समा रहेको सटर कोठामा ठोक्किन गई रोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरी, धरानले जनाएको छ ।
दुर्घटनामा सडकको रेलिङ भाँच्चिनुका साथै घरको वाल, सटर, पार्किङ गरिराखेको एउटा मोटरसाइकल, दुईवटा स्कुटीमा क्षति पुगेको प्रहरीले जनाएका छ । प्रहरीका अनुसार एउटा स्कुटी भने कच्याककुच्युक नै बन्न पुगेको छ । मुख्य सडकमा यसरी सवारी साधन ब्रेक फेल भएको र ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।