Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान कटाउन लागिएको थियो १४९ केजी गाँजा, महिलासहित १४ जना समातिए

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
धरान कटाउन लागिएको थियो १४९ केजी गाँजा, महिलासहित १४ जना समातिए

धरानः धरान कटाउन लाग्दा ठूलो परिमाणमा गाँजासहित महिला र पुरुष गरी १४ जना पक्राउ परेका छन् ।
धरान–१३ जिरोप्वाइन्टबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको द्यच्ज्ञण्एढज्ञछद्ध र ःएज्ञठत्ब्ण्छज्ञद्द नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवी, ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।
पक्राउ गरेसँगै घटनामा द्यच्ज्ञण्ब्व्द्धद्धडट नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाइएकोले उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरेको लागूऔषध गाँजा, सवारी साधन र पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहीदिनअघि प्रहरीले दुई वटा अटो टेम्पुमा राखेर तस्करीका लागि लैजान लागिएको ८८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो ।
दुई वटा अटो टेम्पुसहित १ सय ४९ केजी गाँजा बरामद
प्रहरीले धरानबाट १९ वर्षीय मौसम राई र २२ वर्षीय अभिषेक शेर्मालाई अटोमा लोड गरी अन्यत्र लैजान लागिएको लागूऔषध गाँजासहित पक्राउ गरेको थियो। राईले प्रयोग गर्ने प्रदेश १–०२–००३ ह ३७४ नम्बरको अटो टेम्पुबाट ३६ किलो र शेर्मा चालक रहेको को १ ह ५०९८ नम्बरको टेम्पुबाट ५२ केजी गाँजा बरामद भएको हो ।

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend