Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वरमा छविलाल पोखरेलको शालिक निर्माण

हाम्रो कोशी आवाज
फाल्गुन १ २०८०, मंगलबार
धरानको पिण्डेश्वरमा छविलाल पोखरेलको शालिक निर्माण

धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।
पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रूपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
उनले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘संस्कृत भाषाको महत्त्व सधैँ थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ’, मन्त्री राईले भने, ‘संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।’
उनले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताए । उनले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए । मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक छविलाल पोखरेलको सालिक अनावरण गरे । उनले पोखरेलले समाजमा पुर्‍याएको योगदानको चर्चा गरे ।

प्रकाशित मिति: फाल्गुन १ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend