Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्शमा सरस्वती पूजा धुमधामसाथ विशेष पूजा पनि गरियो (२९ तस्वीरसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २ २०८०, बुधबार
धरान आदर्शमा सरस्वती पूजा धुमधामसाथ विशेष पूजा पनि गरियो (२९ तस्वीरसहित)

धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयमा श्रीपञ्चमी पर्व अर्थात् सरस्वतीको विशेष पूजा आराधना गरी मनाइएको छ ।
यस्तै सरस्वती पूजाकै अवसर पारी निःशुल्क अक्षरारम्भ गराइएको थियो । आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । धरान आदर्शमा करिब ६५ जना विद्यार्थीले अक्षरारम्भ गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
पूजा कार्यक्रममा अभिभावकको समेत बाक्लो उपस्थिति थियो भने करिब १३ सय विद्यार्थीले पूजा आराधनामा सहभागिता जनाएका थिए । अध्यक्ष सुनिता न्यौपाने, प्रिन्सिपल लोकेन्द्र श्रेष्ठलगायतले शुरुमा गुरुसहित पूजा आराधना गरेपछि विद्यार्थीले त्यसमा सहभागिता जनाएका थिए ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ समेत गरिएको थियो । स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: फाल्गुन २ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend