Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीमा सरस्वती पूजा धुमधामका साथ मनाइयो

हाम्रो कोशी आवाज
फाल्गुन २ २०८०, बुधबार
धरानको सुनाखरी एकेडेमीमा सरस्वती पूजा धुमधामका साथ मनाइयो

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा विद्याकी देवी सरस्वती माताको आराधना गर्दै पूजा सम्पन्न भएको छ ।
स्कुल प्राङ्गणमा सरस्वती पूजा एवम् वसन्त पञ्चमी २०८० भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम सम्पूर्ण विद्यार्थी, विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी अभिभावकको समेत उपस्थिति थियो । सरस्वती पूजाको अवसरमा वैदिक मन्त्रोच्चारणद्वारा अक्षरारम्भ गरी सम्पन्न गरिएको थियो ।
प्रिन्सिपल मिलनकुमार राईले शिक्षा र सरस्वती पूजाको महत्वबारे प्रकाश पार्दै विद्यार्थीले सरस्वतीको पूजासँगै सरस्वती जस्तै पवित्र हुनुपर्ने विचार व्यक्त गरे । उनले माता सरस्वतीले धारण गरेका हरेक श्वेतवस्त्र अलङ्कार आसन र वीणाको महत्व धारण गर्नुपर्ने विचार व्यक्त गरे ।
सरस्वती पूजाको दिनलाई हाम्रो संस्कार अनुसार अत्यन्तै शुभ दिनको रूपमा लिइन्छ । यस दिन सरस्वती माताको पूजा आराधना गरेर मात्र हुँदैन, अनुशासित भई आफ्ना बुबाआमा, शिक्षक–शिक्षिका, अग्रजहरुले भनेको मान्ने, नियमित पढ्ने गरियो भने मात्र सरस्वती पूजा गरेको सार्थक ठहरिनेछ भन्ने विश्वास रहँदै आएको उनले बताए । उनले सबै मिली आफ्नो धर्म–संस्कृति, रितिरिवाज जोगाउनुपर्ने समेत बताए ।
उनले वसन्त पञ्चमीको अवसरमा विद्यालयले आयोजना गरेको निःशुल्क भर्ना कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई अक्षरारम्भ गराइएको जानकारी दिए । उपस्थित सबैलाई विद्यालयको तर्फबाट प्रसाद वितरण गर्नुका साथै नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई अक्षरारम्भ गराइएको थियो ।

 

प्रकाशित मिति: फाल्गुन २ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend