धरानः नीति शाहको डेब्यु फिल्म ’खजुरे ब्रो’ को छायाङ्कन सकिएको छ ।
धरानमा फिल्मको सम्पूर्ण २५ दिनमा सकिएको फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले दिए। यो फिल्म पारिवारिक व्यङयात्मक ‘लाइट कमेडी’ जनरामा बनेको हो ।
चलचित्रले धरानको संस्कृतिको प्रवद्र्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । सुटिङको क्रममा स्थानीयले ठूलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए । सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको फिल्मको छिट्टै पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको ‘खजुरे ब्रो’ को निर्माता सुनुवारसहित नवीन मानन्धर हुन् ।
यस फिल्ममा नीतिसहित रेयर राई, महेश त्रिपाठी,नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ ।
‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो । चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ । चलचित्रमा धरानका मेयर हर्कराज राई साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । यस फिल्मलाई जेठ महिनामा प्रदर्शन गर्ने योजना रहेको छ ।