Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-११ मा सामान्य झगडापछि छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा तत्कालै समातिए

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०८०, मंगलबार
धरान-११ मा सामान्य झगडापछि छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा तत्कालै समातिए

धरानः धरान–११ मा सामान्य झगडापछि छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका लागि लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान–११, कुबिर्ता चोकनजिकैको महावीर चोकका २९ वर्षीय दीपक राई र आमा ४६ वर्षीय रोमनसरी राईबीच गएराति सामान्य झगडा भएको थियो । यस क्रममा कुटपिटबाट रोमनसरी गम्भीर घाइते भएकी थिइन् । उनलाई राति नै उपचारका लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।
इलाका प्रहरी कार्यालय धरानमा अनुसार दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको र सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् रामबहादुर राईले छोरा दीपकलाई कर्तव्य ज्यानमा निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन मिश्रले बताए ।

प्रकाशित मिति: फाल्गुन ८ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend