Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा ‘एजुकेशन एक्स्पो’ आयोजना (३३ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८०, आइतबार
धरानको विष्णु स्कुलमा ‘एजुकेशन एक्स्पो’ आयोजना (३३ तस्वीर र भिडियोसहित)

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा एजुकेसन एक्स्पो आयोजना भएको छ ।
विष्णु मेमोरियल आइएनजी एजुकेशन एक्स्पो नाम दिइएको कार्यक्रममा कक्षा–११ र १२ का विद्यार्थीले सहभागिता जनाएका छन् । सो एक्स्पोबाट विद्यार्थीले आइटीसँग सम्बन्धित धेरैजसो ज्ञान लिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
आइएनजी ग्रुपको सम्बन्धन रहेको इटहरीस्थित इन्टरनेशनल कलेजको सहकार्यमा यस्तो एक्स्पो भएको हो । प्रिन्सिपल श्रेष्ठले आइटीमा करिअर खोजिरहेका विद्यार्थीका लागि एक्स्पो फलदायी भएको धारणा राखे । ‘कक्षा–११ र १२ का विद्यार्थी युनिभर्सिटी कोर्षका लागि तयारी हुँदैछन्, नेपालमा आइटी सेक्टरमा के के सम्भावनाहरु छन्, के के कोर्ष कस्ता छन्, त्यसका लागि विद्यार्थीले करिअर मेकिङमा कस्ता जानकारी हासिल गर्छन् आदिबारे व्यवहारिक, सैद्धान्तिकरुपमा ज्ञान प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरेका हौं, यसबाट विद्यार्थीले धेरै ज्ञान हासिल गरेका छन् ।’
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा पनि अवलोकन गर्न पुगेका थिए । आफू विष्णु मेमोरियलभित्र आइपुग्दा शैक्षिक वातावरण, भौतिक पूर्वाधार, विद्यार्थीको अनुशासन र विद्यार्थीले प्रविधिसँग जोडिँदै अघि बढेको देख्दा विष्णु स्कुल धरानको एक नम्बरमा आएको होइन रहेछ भन्ने अनुभूति गरेको उनले बताए । ‘बालबालिका पढ्ने कक्षाकोठा छिरें, अन्त्यन्तै व्यवस्थित पाएँ’, उनले थपे, ‘विद्यार्थीलाई पठनपाठनमा जोड, अतिरिक्त क्रियाकलापअन्तर्गत योग शिक्षा, खेलकुदलगायतका अन्य गतिविधिले पनि स्कुल उत्कृष्ट छ भन्ने लाग्छ ।’
एक्स्पोमा साइबर सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी, वेभ डेभलपमेन्ट, बिजनेससँग सम्बन्धित शेयर मार्केट प्रदर्शनी गरिनुका साथै सामाजिक सन्जालको सही प्रयोग कसरी गर्ने, सामाजिक सञ्जाल कसरी ह्याक हुन्छ र बच्ने उपायहरु के के हुन्, आइटी क्षेत्रमा कसरी करिअर राम्रो बनाउन सकिन्छ आदिबारे पनि जानकारी दिइएको थियो ।
एक्स्पो अवलोकन गर्न पुगेका पब्लिक माविका प्रधानाध्यापक इन्द्रमोहन झाले विद्यार्थीको हकहितमा विष्णु स्कुल लागिरहेको बताउँदै विद्यार्थीको लागि फलदायी कार्यक्रम राखेको बताए । आफूहरु सामुदायिक र संस्थागत भनेर नलागेको र धरानलाई शैक्षिक हब बनाउन लागिरहेको बताउँदै उनले यस्ता कार्यक्रम एक अर्कामा बाँडेर अघि बढे विद्यार्थीलाई फाइदा पुग्ने बताए ।

प्रकाशित मिति: फाल्गुन १३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend