Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा आज चर्चित गायिका मेलिना राईले दर्शक तताउने

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८०, आइतबार
धरान एक्स्पोमा आज चर्चित गायिका मेलिना राईले दर्शक तताउने

धरानः नेपालकी चर्चित गायिका मेलिना राईले आज धरान एक्स्पोमा प्रस्तुति दिने भएकी छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज मेलिनाले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फे¥यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीत चर्चित छन् । उनी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेकी छन् । साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा मेलिनासँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।
स्थानीय पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको धरान एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सयवटा स्टल अवलोकन गर्न सकिनेछ ।

प्रकाशित मिति: फाल्गुन १३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend