Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा हिमालयन स्कुलमा अभिभावक दिवस र विज्ञान प्रदर्शनी

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८०, आइतबार
धरान मेघा हिमालयन स्कुलमा अभिभावक दिवस र विज्ञान प्रदर्शनी

धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुलको १९ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा प्रमुख अतिथि थिए । विभिन्न आरोह अवरोहहरु पार गर्दै १९ औं स्थापना दिवस मनाउँदासम्म प्राप्त गरेको सफलताप्रति उपमेयर बेघाले स्कुललाई बधाई ब्यक्त गरे । आगामी दिनहरुमा सफलताको थप उचाई हासिल गर्न बेघाले स्कुललाई शुभकामना दिए ।
कार्यक्रमका विशेष अतिथि एन प्याब्सन सुनसरीका अध्यक्ष योवा राईले डा. महावीर पुन जस्ता वैज्ञानिकले लेखेका जस्ता महत्वपूर्ण पुस्तकहरु पनि छोराछोरीहरुलाई पढ्न लगाउन अभिभावकहरुलाई आग्रह गरे ।
एड्मिनिष्ट्रेटिभ डाइरेक्टर कैलाश लिम्बूले प्ले ग्रुपदेखि स्नातक तहसम्म एउटै छानोमुनि गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै ढुक्कले आफ्ना छोराछोरीहरुलाई स्कुलमा पढाउन अभिभावकहरुलाई आग्रह गरे । स्कुलका प्रिन्सिपल भाष्कर पौडेलले कक्षामा प्रथम हुनुलाई मात्रै राम्रो पढाइ भनेर नबुझ्न आग्रह गर्दै छोराछोरीको पढाइ अघिल्लो वर्ष भन्दा राम्रो भयो भने त्यसलाई राम्रो मान्नु पर्ने बताए ।
स्कुलका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले विद्यार्थीहरुभित्र लुकेर रहेका प्रतिभालाई उचित प्लेटफर्म प्रदान गर्न अभिभावक दिवस आयोजना गरिएको बताए ।
कार्यक्रममा धरान उप– महानगरपालिकाका कार्यपालिका सदस्य बिनिता बज्राचार्य, एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, स्कुलका संस्थापक सदस्यद्वय दीपक घिमिरे र प्रभाष राजवंशीलगायतको उपस्थिति थियो । कार्यक्रममा स्कुलका जग्गादाताहरु मुन्ना मोक्तान, हरिकृष्ण उदास र राम आचार्यलाई प्रमुख अतिथि बेघाले प्रशंसा पत्र प्रदान गरे ।
अभिभावक दिवसकै अवसरमा विद्यार्थीहरुले फुड स्टल, नर्सरी, ह्यान्डिक्र्याफ्ट र विज्ञान प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सन्देशमूलक नाटक, गीत र आकर्षक नृत्य प्रस्तुत गरी अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक आशिष यादवले गरे ।
तस्वीरहरुः तिर्थ कार्की

 

प्रकाशित मिति: फाल्गुन १३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend