Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएसको पोल्टामा

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०८०, आइतबार
धरानको युएन, नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएसको पोल्टामा

धरानः युएन नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएस फ्याकल्टीले जितेको छ ।
शुक्रबार सम्पन्न लिगमा फ्याकल्टी लिगबाट उत्कृष्ट १५ टिम सहभागी थिए।च्याम्पियन्स लिगमा बि.एच.एम.लाई ३–१ गोलअन्तरले पराजित गर्दै बि.बि.एस.ले उपाधि आफ्नो पोल्टामा पारेको हो । बि.बि.एस.को जितका लागि फाइनल खेलका म्यान अफ द म्याच निकल राईको उत्कृष्ट २ गोल र सुलभ श्रेष्ठको १ गोल सहायक बन्यो । उपविजेता बि.एच.एम.का तर्फबाट शान लिम्बूले सान्त्वना गोल गरे ।
धरान–१६ स्थित बिबि फुटसलमा भएको फुटसल च्याम्पियन्स लिगका विजेता र उपविजेता टिमलाई कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष कविराज तुम्बापो र युएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, पि.आर.ओ. रामबहादुर लिम्बू, अध्यापकहरु विष्णु दाहाल, नुर खान, प्रोमोटर जगत नेम्वाङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियन्स लिग अघि फ्याकल्टी लिग विजेताहरु कक्षा ११ का तर्फबाट विजयी कक्षा ११ ए र कक्षा १२ बाट कक्षा १२ एफलाई ट्रफी र मेडल प्रदान गरिएको थियो । त्यस्तै, ब्याचलर लिग च्याम्पियन बनेको बिबिएसलाई समेत ट्रफी र मेडल प्रदान गरिएको थियो ।
फाइनल खेलका उत्कृष्ट गोल किपर बिबिएसका सुलभ राई, टप स्कोरर बिबिएसकै दीपेन्द्र बस्नेत, बेस्ट प्लेयर अफ द लिग बिबिएसका कप्तान विश्वास मगर घोषित भए ।

प्रकाशित मिति: फाल्गुन १३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend