Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पो : आज र्यापर ‘टुकी’ आउँदै

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०८०, बुधबार
धरान एक्स्पो : आज र्यापर ‘टुकी’ आउँदै

धरान: धरान एक्स्पोको छैटौं दिन आज रयापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् ।
धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि र्यापर टुकीले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
उनका ‘सलाम ठोक’, ‘प्राधिकरण ’, ‘गुनासो’, ‘बागमारा’ लगायतका गीत चर्चित छन् ।
पोखराका टुकी सन् २०२२ मा सम्पन्न नेपालको पहिलो र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’का लोकप्रिय प्रतियोगी हुन् ।
नेपाली र्याप गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टुकीबाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिने बताइएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट जारी एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: फाल्गुन १६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend