Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा आज स्वप्न सुमनको प्रस्तुति

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०८०, शुक्रबार
धरान एक्स्पोमा आज स्वप्न सुमनको प्रस्तुति

धरान: लोकप्रिय गायक स्वप्न सुमन आज धरान आउने भएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्सपोमा आज बेलुका ६ बजेपछि गायक स्वप्न सुमनले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
स्वप्न सुमनको ‘कसरी भनु’, ‘जे छौ तिमी ’, ‘झरी’ लगायतका गीत चर्चित छन् । धरानमा उनको फ्यान धेरै छन् । उनको प्रस्तुती हेर्नका लागि धरानका दर्शक प्रतीक्षारत रहेको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा उनीसँगै स्थानीय कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नेेछन् ।
रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।
फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन १८ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend