Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरस्तरीय प्रतियोगितामा रमेश फोम्बोले जिते उपाधि

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०८०, शनिबार
धरान उपमहानगरस्तरीय प्रतियोगितामा रमेश फोम्बोले जिते उपाधि

धरानः भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिकास्तरीय पाँचौ मि. भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले चुमेका छन् ।
धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिबार सम्पन्न मि. भिजन प्रतियोगिताको फाइनल चरणमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै फोम्बोले उपाधि चुमेका हुन् । फोम्बो ६० तौल समूहका बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले उपाधिसँगै नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दोस्रो उपाधि एनी टाइम फिटनेसका उमेश राई घोषित भए । उनी ७५ केजी तौल समूहको बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, ५५ केजी तौल समूहबाट बिजेता हुँदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्बू तेस्रो र ६५ केजी तौल समूहको बिजेता बन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्बू चौथो भए । उनीहरुले क्रमशः जनही १५ हजार र १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको व्याक्तिगत उपाधितर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लबका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जित्यो । उनीहरुलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजी तौल समूहबाट १८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडहिरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, धरान १६ नं वडा अध्यक्ष मुरारी भट्टराई, १ न.वडाध्यक्ष यज्ञमनि आचार्य, १० न. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, ईश्वरलाल उदास, नवनित प्रधान र सीता राई श्रेष्ठ रहेका थिए ।
कार्यक्रममा पत्रकारितामार्फत् धरानको खेलकुद विकाशमा योगदान पुरयाएवापत नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको छ । उनलाई भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले खदा ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
तस्वीरः विशाल थेवे

????????????????????????????????????

????????????????????????????????????

प्रकाशित मिति: फाल्गुन १९ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend