Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकप: तयारी पूरा, टाइसिट सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०८०, बिहिबार
धरानमा बुढासुब्बा गोल्डकप: तयारी पूरा, टाइसिट सार्वजनिक

धरान:  मोसफलकै चर्चित फुटबल प्रतियोगीता बुढासुब्बा गोल्डकपको २४ औं संस्करणको तयारी पूरा भएको छ ।
फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको आज टाईसिट सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पुरा भएको जानकारी गराएको हो । प्रतियोगीतामा जम्मा ८ टिम सहभागी छन् ।
सार्वजनिक टाइसिटअनुसार गोल्डकपको फागुन २६ गते हुने उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछ । त्यस्तै, फागुन २७ मा हुने दोस्रो क्वाटरफाइनल खेल एनआरटी काठमाडौं र त्रिभुवन आर्मी क्लब काठमाडौं बीच हुनेछ । त्यस्तै, फागुन २८ गते तेस्रो क्वाटर फाइनल खेल नेपाल पुलिस क्लब काठमाडौं र मोरङ फुटबल क्लबबीच हुनेछ भने फागुन २९ गते चौथो क्वाटरफाइनल फाइनल खेल काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र चर्च ब्वाईज युनियन काठमाडौंबीच हुनेछ ।
धरान रंगशालामा हुने गोल्डकपको पहिलो सेमीफाइनल खेल फागुन ३० र दोस्रो सेमीफाइनल चैत १ गते हुनेछ भने प्रतियोगीताको फाइनल चैत ३ गते हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार गोल्डकप विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी र मेडल पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीले नगद ३५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगिताका लागि ७७ लाख ६० हजार आम्दानी र ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । तस्वीरः स्वर्णिम राई

प्रकाशित मिति: फाल्गुन २४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend