Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका प्रिन्सिपललाई एशिया अवार्ड

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०८०, आइतबार
धरानको विष्णु स्कुलका प्रिन्सिपललाई एशिया अवार्ड

धरानः शैक्षिक नेतृत्व तथा व्यवस्थापनमा उल्लेख्य कार्यको मूल्याङ्कनस्वरुप विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानका प्रिन्सिपल निलमकुमार श्रेष्ठले ‘एसिया अवाड्स’ प्राप्त गरेका छन् ।
सो अवाड्सको ‘उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’ विधातर्फ उनले सो पुरस्कार प्राप्त गरेका हुन् । एसिया अवार्ड विभिन्न क्षेत्र वा पक्षहरूमा उत्कृष्टताप्रति प्रतिबद्धताका लागि वल्र्ड रिसर्च कग्रेस (डब्लुआरसी) द्वारा विभिन्न देशका व्यक्ति वा संस्थालाई दिइने अन्तर्राष्ट्रियस्तरको सम्मान हो ।
सो संस्थाले वार्षिकरुपमा यस्तो अवार्ड कार्यक्रमको आयोजना गर्ने गरेको छ । सो पुरस्कार २०२३ डिसेम्बर ३ तारिकका दिन भारतको त्रिची तामिलनाडुस्थित ब्रिज रेसिडेन्सीमा एक भव्य समारोहको आयोजना गरी वितरण गरिएको थियो ।
विभिन्न व्यक्ति वा संस्थाहरूले सम्बन्धित क्षेत्रमा पुरयाएको योगदान, पेशागत दक्षता, सम्बन्धित शैक्षिक योग्यता, तालिम, कार्य अनुभवको अध्ययन र अन्तर्वार्तामार्फत् अन्तिम छनौटमा पर्ने व्यक्ति वा संस्थालाई यस किसिमको पुरस्कार वितरण गर्ने गरिएको एसिया अवार्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
प्रिन्सिपल श्रेष्ठ विगत १३ वर्षदेखि विविध शैक्षिक नेतृत्वदायी भूमिकामा यस क्षेत्रमा क्रियाशील छन् । उनले राष्ट्रकै गौरवको रुपमा रहेको नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालयमा प्रिन्सिपलको रुपमा झन्डै ६ वर्ष सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी हाल गत दुई वर्षदेखि धरानको प्रख्यात विष्णु मेमोरियल माध्यमिक विद्यालयको प्रिन्सिपलको रुपमा कार्यरत छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा एमए प्रथम श्रेणी, काठमाण्डौ विश्वविद्यालयबाट शैक्षिक नेतृत्व तथा व्यवस्थापन विषयमा एमएड सर्वोकृष्ट जीपीए ४.० का साथ उत्तीर्ण गर्नुका साथै सोही विश्वविद्यायालबाट शैक्षिक नेतृत्व विषयमा एमफिलका सम्पूर्ण विषय उत्कृष्टताका साथ उत्तीर्ण गरी हाल सोधपत्रको अन्तिम तयारीमा तल्लिन छन् । उनको व्यक्तिगत बायोडाटा तथा भिडियो सन्देश एसिया अवाड्सको वेबसाइट र युट्युब च्यानलमा समेत पढ्न र हेर्न सकिन्छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend