Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०८०, आइतबार
धरानमा बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा

धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ।
आज धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो।
त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए। एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए।
आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए। सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ। तस्वीरः स्वर्णिम राई

प्रकाशित मिति: फाल्गुन २७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend