Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जीवित गोर्खा सैनिकको सम्मानमा दौड, धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले जिते

हाम्रो कोशी आवाज
चैत्र ३ २०८०, शनिबार
धरानमा जीवित गोर्खा सैनिकको सम्मानमा दौड, धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले जिते

धरानः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना धरान १८ नं. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार आयोजित दोस्रो गोर्खा ट्रेल ब्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले जितेकी छिन् ।
पुरुषतर्फका उपाधि बिजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिलातर्फको उपाधि बिजेता जुहीले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका थिइन् । बिजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यही फागुन १२ गते सम्पन्न १२ औं धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन् ।
महिलातर्फका बिजेता जुहीले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । उनी पनि १० किलोमिटर रन प्रतियोगिताका १६ वर्षमुनिका विजेता खेलाडी हुन् । जुही भोजपुरबाट प्रतियोगितामा भाग लिनकै लागि आएकी हुन् । यसैगरी पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो बने । महिलातर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो बने । दोस्रो र तेस्रो उपाधि बिजेता महिला पुरुष खेलाडीहरुले क्रमशः जनही नगद १०, हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
चोथौ, पाँचौ, छैटौं र सातौं हुने पुरुष र महिला दुवैतर्फका खेलाडीहरुलाई धरान सस्तो मःम पसलका प्रोप्राराइटर निर राईले जनही एक एक हजार रुपैयाँ प्रदान गरे । चौथो, पाँचौ, छैटौं र सातौं हुने खेलाडीहरुमा क्रमशः पुरुषतर्फ समिर कन्दङवा, विशाल राई, रोदन राइर्, एन्जल राई र महिलातर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनिता राई भए ।
बिजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, १ न. प्रदेश सांसद मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, २० नं वडाअध्यक्ष पदम लिम्बू, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, धरान १८ वडासदस्य दिलकुमारी राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
जीवित वीर गोर्खा सैनिकको सम्मानमा सम्पन्न दौड प्रतियोगिता धरान–१८ स्थित रत्न चौकबाट सुरु भएको थियो । चौकबाट सुरु भएको दौड मंगलबारे, सर्दु पुल, भन्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो । रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लाबाट ६ सय जना भन्दा बढीले सहभागिता जनाएका थिए । रन सुरु हुन भन्दा अघि १ न. प्रदेश सांसद विजय राई, मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्बर तिम्सिना, समाजसेवी एवं नेपाली कांङ्ग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ललाई किराती संस्कार अनुसार फेटा गुथेर सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, कार्यक्रम संयोजक धरान–१८ वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण र धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले फेटा बाँधिदिएका थिए । दौड प्रतियोगिता सञ्चालनका लागि प्राविधिक सहयोग धरान रन संस्थाले गरेको थियो ।
नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्षले उल्टो गतिमा दौडिए
दोस्रो गोर्खा ट्रेल रनमा नेपाल पत्रकार मसासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले उल्टो गतिमा कुदेर दौड पुरा गरेका छन् । उनले नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको इतिहास मेटने प्रयास गरेको बताउँदै विरोधस्वरुप उल्टो कुदेर दौडमा भाग लिएको बताए ।
उनले १ घण्टा ४० मिनटमा दौड पूरा गरेका थिए । महासंघ केन्द्र कमिटी उल्टो गतिमा कुदिरहेको छ । साङ्केतिक विरोध जनाउँदै उल्टो कुदेर महासंघ केन्द्र कमिटिलाई ध्यानकर्षण गराएको अध्यक्ष राईले बताए । महासंघ केन्द्र कमिटिले केही समयअघि महासंघका अध्यक्षहरुको जीवनी समेटिएर ‘अग्रज अनुहार’ पुस्तक तयार पारेको थियो ।
पुस्तकमा संस्थापक अध्यक्ष श्रेष्ठको बारेमा कतै उल्लेख नै नगरी अन्यलाई संस्थापक अध्यक्षको रुपमा प्रस्तुत गर्दै इतिहास मेट्ने प्रयास गरेपछि पुस्तक लोकापर्णको दिन लोकापर्ण हुनुअघि नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले विरोध गदै पुस्तक च्यात्दै कार्यक्रम बिथोलेका थिए ।
तस्वीरहरुः विकास चाम्लिङ

प्रकाशित मिति: चैत्र ३ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend