Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एनआरटी १६ वर्षपछि दोस्रोपटक धरानको बुढासुब्बा गोल्डकपको च्याम्पियन

हाम्रो कोशी आवाज
चैत्र ३ २०८०, शनिबार
एनआरटी १६ वर्षपछि दोस्रोपटक धरानको बुढासुब्बा गोल्डकपको च्याम्पियन

धरान: धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ ।
एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि उसले १०औ संस्करणको उपाधि जितेको थियो ।
धरान रंगशालामा आज भएको प्रतियोगिताको फाइनल खेलमा मोरङ फुटबल संघलाई २–१ गोलले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो ।
खेलको सातौँ मिनटमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले रोशन रानाको पासमा गोल गरेका थिए ।
पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।
प्रतियोगिताको विजेता टोली एनआरटीले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता मोरङले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
आजको खेलको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उकृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बुले २ लाख रुपैयाँ पुरस्कार पाए ।
बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलमा स्थान बनाएको थियो ।
यसैगरी, मोरङले आयोजक धरान फुटबल क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । मोरङले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले धरानलाई हराएको थियो ।
धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते सुरु भएको प्रतियोगितामा चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, आयोजक टिम, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युके एफसीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: चैत्र ३ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend