धरानः धरानस्थित युएन, नवोदय कलेजकी छात्रा ‘नेपाल तृतीय’ बन्न सफल भएकी छिन् ।
उनले ल्याएको नतिजा हेर्दा उनी नेपाल तृतीय बन्न सफल भएकी हुन् । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार त्रिभुवन विश्व विद्यालयद्वारा प्रकाशित बिएचएम दोस्रो सेमेस्टरको नतिजामा उनले ३.९६ जिपिए प्राप्त गरी नेपाल तृतीय बन्न सफल भएकी हुन् ।
उनले बिजनेश कम्युनिकेशनमा ३.९१ जिपिए, होटल एकाउन्टिङमा ३.९१ जिपिए, फुड प्रोडक्सनमा ४ जिपिए, फुड एण्ड वेभरेज सर्भिसमा ४ जिपिए र हाउस किपिङ म्यानेजमेण्टमा ४ जिपिए ल्याएकी छिन् ।
छात्रा स्मारिकालाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिने उनले जानकारी दिए । उनले गत वर्ष बिएचएम पहिलो सेमेस्टरमा पनि ३.९३ जिपिए प्राप्त गरी प्रदेश न १ टप गरेकी थिइन् ।
