धरानः धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको मृत शरीर फेला परेको छ ।
मृत भेटिएकी किशोरीको हालसम्म पहिचान खुलेको छैन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा खोल्सीमा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर रञ्जन मिश्रले जानकारी दिए । खोल्सीमा घाँटी रेटिएको र घोप्टो परेको अवस्थामा शव भेटिएको उनले जानकारी दिए । शव भेटिएको केहीपर खुकुरी समेत फेला परेको उनले जानकारी दिए ।
बाख्रा चराउने स्थानीयले शव देखेपछि डिपोट स्कुलमा खबर गरेका थिए । त्यसपछि त्यहाँ पुगेका शिक्षकले प्रहरीलाई खबर गरेका थिए । किशोरीको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । तालिमप्राप्त कुकुरको सहयोगमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ‘केही क्लु भेटिसकेका छौं’, इनिस्पेक्टर मिश्रले भने, ‘त्यही क्लुका आधारमा अनुसन्धानलाई तीब्रता दिएका छौं ।’ करिब १८-१९ वर्षको देखिने सो शवको पहिचान खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ । महिलाको शवको प्रकृति हेर्दा हत्या गरी फालेको हुन सक्ने प्रहरीको भनाइ छ ।
