Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कलेज पढ्ने युवती सुमना श्रेष्ठको हत्यामा संलग्न समातिए

हाम्रो कोशी आवाज
चैत्र ८ २०८०, बिहिबार
धरानमा कलेज पढ्ने युवती सुमना श्रेष्ठको हत्यामा संलग्न समातिए

धरानः धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा हत्या गरेको अवस्थामा फेला परेकी २१ वर्षीया युवती सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धनकुटाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एक प्रहरी अधिकृतले जानकारी दिए । सुमनाले आफूलाई धोका दिएका कारण हत्या गर्नुपरेको बयान दिएको ती प्रहरी अधिकृत बताउँछन् ।
उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको प्रहरी अधिकृत बताउँछन् । बीपी प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।
ती युवती धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन् ।
प्रहरीले ९९ प्रतिशत हत्याराको नजिक पुगिसकेको जानकारी दिइसकेपछि पोष्टमार्टमपछि आफन्तले शव बुझी अन्त्येष्टी समेत गरिसकेका छन् । बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ ।
मृतक सुमना मङ्गलबार ५ बजेतिर साथीको फोन आएको पैसा लिन जानुछ भन्दै घरबाट हिँडेकी थिइन् । तर बुधबारसम्म पनि उनी घर फर्केकी थिइनन् ।

प्रकाशित मिति: चैत्र ८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend