Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुमना अर्कै युवासँग नजिकिएको सुइँको पाएपछि धनकुटादेखि आएर योजनाबद्ध तरिकाले युवतीको हत्या (भिडियोसहित)

हाम्रो कोशी आवाज
चैत्र ९ २०८०, शुक्रबार
सुमना अर्कै युवासँग नजिकिएको सुइँको पाएपछि धनकुटादेखि आएर योजनाबद्ध तरिकाले युवतीको हत्या (भिडियोसहित)

धरानः धरान-१६ कि २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा संलग्न धरान–१६ मै बस्ने १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । धनकुटा–९ मूलघाटमा लुकिछुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी उनलाई धरान ल्याएर प्रहरीले सार्वजनिक गरेको हो ।
सविन भनिने बाबुराम र सुमनाबीच करिब दुई वर्षअघिदेखि फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीे जनाएको छ । प्रेम सम्बन्ध झाँगिदै गएपछि उनीहरुबीच सम्बन्ध पनि राम्रै रहँदै आएको प्रहरीले जनाएको छ । तर जब सुमना गत पुसदेखि स्थानीय ग्लोब्लोरिन्स कम्पनीमा काम गर्न थालिन्, त्यसपछि सोही कम्पनीमा कार्यरत् युवा प्रदीप श्रेष्ठसँग नजिकिन पुगेकी थिइन् । प्रहरीका अनुसार उनीहरुबीचको सम्बन्ध यस्तो थियो कि– दुवैले फेसबुक आइडीसमेत एउटै चलाउने गरेका थिए । यो कुरा बाबुरामले थाहा पाएपछि उनीहरुबीचको सम्बन्धमा दरार पैदा हुँदै गएको थियो ।
सम्बन्धमा खटपटकै कारण योजनाबद्ध तरिकाले बाबुरामले सुमनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बाबुरामले शुरुमा धरान–११ स्थित कल्याणचोकमा भेट्ने भनी सुमनालाई बोलाएका थिए । सँगै भेटेर केहीक्षण सुमनालाई बाबुरामले स्कुटी समेत सिकाएपछि राति ९ बजे धरानस्थित बीपी प्रतिष्ठान पुगेका थिए ।
घटनास्थलमा दुवैबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि योजना मुताबित नै साथमा लिई गएको खुकुरी निकाली सुमनाको घाँटीमा रेटी मारी खोल्सामा फालेर सोही रात भागेको प्रहरीले जनाएको छ । ‘बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो’, भण्डारीले भने, ‘रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेछन् ।’
उनी महिलाले प्रयोग गर्ने मोबाइल समेत लिइ फरार भएका थिए । मोबाइलको सीम खोलामा बगाई मोबाइल साथमै राखेको प्रहरीले जनाएको छ । उनको साथबाट बरामद गरिएको मोबाइल, खुकुरी समेत प्रहरीले बरामद गरेको छ । पक्राउपछि उनलाई सुनसरी जिल्ला अदालतमा ७ (सात) म्याद थपी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए ।
उनले अहिले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएको जानकारी दिए । आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए । प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए । सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए । त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनाका दिन सुमना र ती युवक बाबुराम (भुजेल) एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको थियो । सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको थियो ।
ती युवती धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन् । प्रहरीले ९९ प्रतिशत हत्याराको नजिक पुगिसकेको जानकारी दिइसकेपछि पोष्टमार्टमपछि आफन्तले शव बुझी अन्त्येष्टी समेत गरिसकेका छन् । बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको थियो ।
मृतक सुमना मङ्गलबार ५ बजेतिर साथीको फोन आएको पैसा लिन जानुछ भन्दै घरबाट हिँडेकी थिइन् । तर बुधबारसम्म पनि उनी घर फर्केकी थिइनन् ।

प्रकाशित मिति: चैत्र ९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend