Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होली खेल्ने क्रममा ग्याङ फाइट, धरानका युवासहित दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र १२ २०८०, सोमबार
होली खेल्ने क्रममा ग्याङ फाइट, धरानका युवासहित दुईजनाको मृत्यु

धरानः ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति दुई जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका हुन् ।
मृत्यु हुनेमा धरान घर भएका रोवश राई (हालः ढोलहिटी) र पाँचथर घर भई (हाल खुमलटार) पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।
छुरा प्रहारबाट एकजनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो ।
होली खेल्ने क्रममा विवाद बढ्दै जाँदा यस्तो घटना हुन पुगेको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: चैत्र १२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend