Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा होलीको रौनक र उल्लास (५० तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
चैत्र १२ २०८०, सोमबार
धरानमा होलीको रौनक र उल्लास (५० तस्वीर र भिडियोसहित)

धरानः धरानमा होलीको उल्लास छाएको छ । बिहानैदेखि बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको उल्लासमा झुमिरहे । भनौं अधिकांश धराने बालबालिका युवापुस्ता, र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाए ।
दिल खोलेर रमाउन पाएको धरान–१५ की सिर्जना राईले बताइन् । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली धरानमा यसपटक भने धेरै रसिलो बनेको युवापुस्ताको भनाइ छ । युवापुस्ताका लागि होली रसिलो नै बनेको थियो । ‘यसपटकको होली धेरै रसिलो छ’, सिर्जनाले भनिन्, ‘जे होस् दिलखोलेरै मनाइयो ।’
भानुचोकमा नियाल्दा युवापुस्ताहरुको जमघट बढी थियो । अन्य चोकमा पनि युवापुस्ता धेरै हिँडिरहेका थिए । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए ।
यसपटक भानुचोकमा होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे भयो । सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लागे । भानुचोकमा सयौं युवापुस्ता उपस्थित थिए र होलीको रङ्ग दल्दै नाचगानमा रमाए । यसपटकको होली विन्दास पाराको बनेको धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविनले जानकारी दिए । उनका अनुसार वडाध्यक्षहरु मिलेर यसपटकको होलीको कार्यक्रममा सहयोग गरेको उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र १२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend