धरान नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको सल्लाह अनुसार निरन्तर फलोअपमा रहेकी छिन् । उपचारमा आर्थिक अभाव भएपछि नेपाल तरुण दल धरान, नेपाली कांग्रेस धरान, प्रदेशसभा १(१), प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी तथा सहयोगी कांग्रेस नेताहरुले जुटाएको रकम ४१ हजार १ सय कांग्रेस नेताहरु घरमै गई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविन) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत विरामीहरुलाई रगत अभाव भईरहेको वेला नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले ३९ पिन्ट रगत संकलन गरेको छ ।
नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीको आयोजना तथा नेपाल तरुण दल, धरानको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दर्जनौं यूवाहरुले रक्तदान गरेका थिए । केही यूवाहरुले भने स्वास्थ्यका कारण रक्तदान गर्न नमिलेको नेपाल तरुण दल धरान नगर सचिव मनोहर श्रेष्ठले बताए ।
नेपाल तरुण दल, क्षेत्र नं. १ सुनसरीका सभापति गणेश लिम्वुको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्वु, कार्यवाहक नगर सभापति राम तामाङ लगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरुले नेपाल तरुण दलले निरन्तर विभिन्न सामाजिक एवम् मानवीय कार्य गरेर सिङ्गो पाटीको प्रतिष्ठालाई उच्च राखेको र जनताको मन जित्ने कार्य गरेको भन्दै नेपाल तरुण दलको उच्च प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, वडा अध्यक्षहरु नरेन्द्रकुमार राई(प्रविन) र विद्या शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।