Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तामाङ युवा जुटे, घेदुङ सुनसरीमा प्रदीप

हाम्रो कोशी आवाज
चैत्र १८ २०८०, आइतबार
धरानमा तामाङ युवा जुटे, घेदुङ सुनसरीमा प्रदीप

धरान: नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ यूवा घेदुङ, सुनसरीको नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको तामाङ यूवाहरुको सम्मेलनवाट अध्यक्षमा इटहरीका प्रदिप तामाङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राम सिङ्गर, महिला उपाध्यक्षमा विनिता मोक्तान, सचिवमा हर्कवहादुर योञ्जन(अमन), कोषाध्यक्षमा मिना घिसिङ, सह–सचिवमा रमेश मोक्तान र सह–कोषाध्यक्षमा निरकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सानु घिसिङ, धनबहादुर घिसिङ, जितेन्द्र योञ्जन, कुमार तामाङ, विक्रम योञ्जन तामाङ, राजेश पाख्र्रिन र अविन योञ्जन(वुद्ध) सर्वसम्मत चयन भएका छन् ।
सम्मेलनलाई संवोधन गर्दै प्रमुख अतिथि गोलेले तामाङ समाजलाई राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक एवम् सांस्कृतिक र धार्मिक क्षेत्रमा माथि उठाउन र तामाङ जनताको घरघरमा घेदुङको लक्ष्य, उद्देश्य, कार्यक्रम, विचार र चेतना फैलाउन दक्ष र परिपक्व तामाङ यूवाहरुको संगठित शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै नवगठित यूवा घेदुङका पदाधिकारी र सदस्यहरु हरेकले जिम्मेवारी वोधका साथ कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा विशेष अतिथि एवम् घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले शुभकामना मन्तव्य राख्दै तामाङ पहिचानलाई प्रवद्र्धन गर्न हप्ताको एक दिन तामाङ विद्यार्थीहरुले तामाङ भेषभुषामा विद्यालय जाने व्यवस्थाका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसंग आवश्यक समन्वय र पहल गर्न आग्रह गरेका थिए ।
सम्मेलनमा नेपाल तामाङ घेदुङका सुनसरी जिल्ला उपाध्यक्ष हस्त पाख्रिन, धरान नगर अध्यक्ष सपन योञ्जन, इटहरी नगर उपाध्यक्ष हस्त ग्यावा, धरान १४ का जनप्रतिनिधि वडा सदस्य राम तामाङ, नेपाल तामाङ यूवा घेदुङ सुनसरीका नवनिर्वाचित अध्यक्ष प्रदिप तामाङ, सह–कोषाध्यक्ष निरकुमार मोक्तान लगायतले मन्तव्य राखेका थिए ।
नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङ अध्यक्ष र धरान नगर अध्यक्ष सपन योञ्जन तथा नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गोमा तामाङ सदस्य रहेको निर्वाचन मण्डलले नयां कार्यसमिति चयन सम्बन्धि सम्पूर्ण कार्य गर्नुका साथै सपथ ग्रहण समेत गराएका थिए । कार्यक्रमको सञ्चालन तथा सहजिकरण नेपाल तामाङ घेदुङका सुनसरी सचिव मंगलसिंह मोक्तानले गरेका थिए ।

प्रकाशित मिति: चैत्र १८ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend