Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजद्वारा नेपाल ‘थर्ड टपर’ लगायतलाई नगदसहित सम्मान

हाम्रो कोशी आवाज
चैत्र २५ २०८०, आइतबार
धरानको युएन, नवोदय कलेजद्वारा नेपाल ‘थर्ड टपर’ लगायतलाई नगदसहित सम्मान

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजको १२ औं वार्षिकोत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
धरान–१५ स्थित चुम्लुङहीममा भएको कार्यक्रममा नेपाल थर्ड टपर, प्रदेश थर्ड टपर र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयले लिएको बिएचएम दोश्रो सेमेष्टरको परीक्षामा नेपाल थर्ड हुने स्मारिका श्रेष्ठलाई नगद ३० हजार र सम्मानपत्रले सम्मान गरिएको छ । स्मारिकाले जिपिए ३ दसमलव ९६ ल्याएकी थिइन् ।
त्यस्तै, बिएचएम दोश्रो सेमेष्टरको परीक्षामा कोशी प्रदेश थर्ड टपर हुने रोजिना राईलाई १५ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । रोजिनाले जिपिए ३ दशमलव ९१ ल्याएकी थिइन् । सम्मानित हुने छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) कोशी प्रदेशका निर्देशक जीवन गड्तौला, कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख, प्रिन्सिपल डम्बरकुमार तुम्वापोले सम्मान गरेका थिए ।
कलेजको बेस्ट स्टुडेन्ट अफ द यियर, बेस्ट डिसिप्लिन स्टुडेन्ट अफ द यियर लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
यसैबीच कलेजको कक्षा–१२ को अध्ययन पूरा गरेर परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । कलेजका म्यानेजिङ डाइरेक्टर झा, प्रिन्सिपल तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूलगायतले मायाको चिनो प्रदान गर्नुका साथै अविर र खदा लगाएर बिदाई गरे ।
कार्यक्रमका प्रमुख अतिथि एनइबीका निर्देशक गड्तौलाले युएन, नवोदय कलेज प्रदेशकै नमूना कलेज भएको बताउँदै कक्षा–१२ का बिद्यार्थीहरुलाई शुभकामना दिए । कलेजका निर्देशक ज्ञानेश्वर झाले युएन, नवोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । कलेजका प्रमुख, प्रिन्सिपल डम्बरकुमार तुम्बापोले कक्षा–१२ को वार्षिक परीक्षामा मिहिनेतका साथ अध्ययन गरेर उत्कृष्ट अंक ल्याई कलेजको नाम राख्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।
कक्षा–१२ को बार्षिक परीक्षा आगामी २०८१ साल बैशाख –१४ गतेबाट शुरु हुँदैछ । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित मिति: चैत्र २५ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend