Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १८५ किलो गाँजासहित युवा समातिए

हाम्रो कोशी आवाज
बैशाख ७ २०८१, शुक्रबार
धरानमा १८५ किलो गाँजासहित युवा समातिए

धरानः धरानबाट ठूलो परिमाणमा गाँजासहित युवा पक्राउ परेका छन् । एक सय ८५ किलोग्राम गाँजासहित तीन युवा पक्राउ परेका हुन् ।
धरान-२० बाट लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा धरान-११ का २६ वर्षीय सानु राई, २५ वर्षीय नकुल राई र धरान-१८ का २० वर्षीय प्रज्वल भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।
धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा खोजी गर्ने क्रममा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट धारिलो हतियार तरबार ३ थान, स्टिलको पाइप एक थानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ७ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend