धराः स्व . प्रेम चन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व विद्यार्थी श्यामगोविन्द श्रेष्ठ, सुरेशकुमार शर्मा र सूर्य शेखर श्रेष्ठले ९ लाख ६२ हजार रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झालाई हस्तातरण गरेका हुन् ।
विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती, साइन्स तथा इलेक्ट्रकल विभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापाल कमलप्रसाद भट्टराईसहितको उपस्थितिमा एक सम्झौतापत्र तयार गरी सो रकमको चेक हस्तान्तरण गरिएको थियो ।
पब्लिक हाइस्कुलमा अध्ययन गरी २०१३ सालमा एसएलसी दिएका स्व. प्रेमचन्द्र गिरीको स्मृतिमा उनको मृत्युपछि सहपाठी तथा साथीहरुबाट संकलन गरेको रकम बैंकमा मुद्दति खातामा जम्मा गरिएको र सो रकम साँवा ब्याज गरी सोद्द धनराशी हुन पुगेको कोषका संरक्षक श्यामगोविन्द श्रेष्ठले बताए ।
स्व. प्रेमचन्द्र गिरीको नाम चीर कालसम्म रहने गरी शिलालेखमा राख्ने गरी विद्यालयको भौतिक विकास निर्माणमा खर्च गर्न कोषका संरक्षक सुरेशकुमार शर्माले अनुरोध गरेका थिए । साथीको स्मृतिमा त्यसबेला गरेको कामले आज ठूलो सार्थकता पाएको कोषका संरक्षक सूर्यशेखर श्रेष्ठले खुशी ब्यक्त गरे ।
विभिन्न क्षेत्रमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समेटेर उनीहरुको विज्ञता र सहयोग लिएर विद्यालयको आवश्यकता पूर्ति गर्न महत्वपूर्ण योगदान मिल्ने भएकाले आफूहरु त्यसतर्फ सक्रिय हुनुपर्ने विचार राख्दै पूर्व विद्यार्थी एवंम् साइन्स तथा इलेक्टिकल विभाग इन्चार्ज मोहन श्रेष्ठले सम्पूर्ण पूर्व विद्यार्थीहरु लाई अनुरोध गरेका थिए ।
व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराती एवं सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले विद्यालयलाई सहयोग गरेकोमा खुशी प्रकट गर्दै दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सबै पक्षको विद्यालय प्रतिको सकारात्मक दृष्टिकोण र सहयोगबाट नै विद्यालय नेपालको नमूना विद्यालयको रूपमा आजको अवस्थामा आइपुगेको प्रधानाध्यापक डा. झाले बताए ।
