Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोशी प्रदेशस्तरीय एसईई आइडल भव्य, धरान आदर्शकी कुसुम र मेरिल्याण्ड स्कुलकी डीना बिजेता बने

हाम्रो कोशी आवाज
असार ९ २०८१, शनिबार
धरानमा कोशी प्रदेशस्तरीय एसईई आइडल भव्य, धरान आदर्शकी कुसुम र मेरिल्याण्ड स्कुलकी डीना बिजेता बने

धरानः धरानमा सम्पन्न कोशी प्रदेशस्तरीय एसईई आइडलको बिजेता धरान आदर्श बोर्डिङ माविकी कुसुम माझी र मेरिल्याण्ड इ.बो. स्कुलकी डिना चोङबाङ बिजेता बनेका छन् ।
धरान–१५ स्थित याक्थुङ चुम्लुङको भवनमा शुक्रबार भव्यरुपमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरुले क्रमशः गायन र नृत्यमा बिजेता बनेका हुन् । कुसुमले गायनतर्फ र डिनाले नृत्य विधामा बिजेता बनेका हुन् । उनीहरु दुवैले पब्लिक च्वाइसको उपाधि पनि जितेका थिए । उनीहरुले उपाधिसँगै क्रमशः ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै, उनीहरुले कक्षा–११ र १२ को अध्ययनका लागि क्रमशः शत प्रतिशत छात्रवृत्ति समेत प्राप्त गरेका छन् ।
फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभीको आयोजनामा सम्पन्न प्रतियोगिताको गायनतर्फ सुनाखरी एकेडमीका अनिष राई फष्ट रनर अप, नेपाल पुलिस स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती रेसिडेन्सियल स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप बने ।
गायनको सब टाइटलतर्फ बेस्ट फिल्मी गीत सिङगरको उपाधि इस्टर्न एजुकेशनल एकेडेमीकी सपना लिम्बूले प्राप्त गरिन् । यसैगरी बेस्ट लोक गीत सिङगर हिमशिखर इङलिस बोर्डिङ तरहराका युकेश राई भए भने बेस्ट मोडर्न सङग सिङ्गर ज्ञानदर्पण एकेडेमीकी आशोना राई घोषित भइन् । बेस्ट पप सङग सिङ्गर मेरिल्याण्ड इङलिस बोर्डिङका मिक्साम लिम्बू घोषित भए । त्यस्तै, बेस्ट भोकलको उपाधि ज्ञानोदय माविका भूमिराज देवानले प्राप्त गरे भने नवोदय विद्या मन्दिर बोर्डिङका रविन्द्र श्रेष्ठले वेस्ट डिसिप्लिनको उपाधि प्राप्त गरे ।
नृत्यतर्फ सुकुना मावि सुन्दरहरैंचा मोरङकी कामना श्रेष्ठ फस्ट रनर अप भइन् भने होलिल्याण्ड इङलिस बोर्डिङ भद्रपुर झापाकी एलिसा राई सेकेण्ड रनर अप भइन् । यसैगरी युरेका माविका पासाङ तामाङ थर्ड रनर अप भए ।
नृत्यको सब टाइटलतर्फ जनसहयोग मावि तरहराकी करिना गिरीले अल राउन्ड डान्सरको उपाधि हासिल गरिन् भने भानु स्मृति मावि धरानकी सलिना विश्वकर्माले बेस्ट कल्चरल डान्सरको उपाधि हासिल गरिन् । हिमाली माविकी सुम्निमा राई वेस्ट एक्स्प्रेसन डान्सर घोषित भइन् भने बेस्ट फिल्मी डान्सरको उपाधि फेवा सेकेण्डरी बोर्डिङ मोरङ केराबारीकी कृति सुब्बाले प्राप्त गरिन् । यसैगरी मस्ट कन्फिडेन्स डान्सरको उपाधि सुकुना मावि सुन्दरहरैंचा मोरङकी आयुषा श्रेष्ठले हासिल गरिन् भने मस्ट डिसिप्लिन फाइनलको उपाधि किरातेश्वर माविकी सरु राई घोषित भइन् ।
गायन र नृत्य दुवैतर्फका बिजेता, फष्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अपलाई कार्यक्रमका प्रमुख अतिथि गायिका लोचन भट्टराई र अस्मिता अधिकारी, मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापो, इभेन्ट निर्देशक रामबहादुर लिम्बू, वाईवाई धरानकी प्रतिनिधि मञ्जुश्री मानन्धर, युएन नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, निर्णायकहरु लगायतले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे । बिजेताहरुले कक्षा–११ र १२ को अध्ययनका लागि क्रमशः शत प्रतिशत, ८० प्रतिशत ७० प्रतिशत र ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।
गायन र नृत्य दुवैतर्फ सबटाइटल प्राप्त गरेका प्रतिष्पर्धीहरुले समेत जनही ५–५ हजार नगद, ट्रफी र प्रमाणपत्रका साथै कक्षा–११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।
कार्यक्रममा गायिका लोचन भट्टराईले माया गर्नेको ..बोलको आफ्नो सदाबहार गीत प्रस्तुत गरिन् । गायिका अस्मिता अधिकारी र निर्णायक एवम गायक विकास लिम्बू, जमुना राईले गीत प्रस्तुत गरी दर्शकहरुलाई खुब नचाए भने नृत्यङ्गना केबिका खत्रीले नाचेर दर्शकलाई जुरुक्कै पारिन् । कार्यक्रममा १ हजार ५ सय दर्शकहरुको उपस्थिति रहेको प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले दावी गरे ।
गायनतर्फको निर्णायकहरुमा भ्वाइस अफ नेपाल सिजन–२ का टप फाइनलिस्ट एवम् गायक विकास तुम्बापो लिम्बू, संगीत प्रशिक्षक, गायक बिनायक राई र गायिका जमुना राई थिए । त्यस्तै, नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रितम साम्वाहाम्फे र नृत्य प्रशिक्षक प्रनिता तामाङ थिए ।
शिक्षाका लागि सङ्गीत भन्ने मूल नाराका साथ सम्पन्न एसईई आइडलमा २०८० सालको एसईई दिएर बसेका कोशी प्रदेशभरिका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

प्रकाशित मिति: असार ९ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend