Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले नगदसहित उपाधि जितेपछि सम्मान

हाम्रो कोशी आवाज
असार ११ २०८१, सोमबार
धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले नगदसहित उपाधि जितेपछि सम्मान

धरानः धरान–१२ चतरालाइनस्थित सुनाखरी एकेडमीले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्कुलले सम्मान गरेको हो । गत ज्येष्ठ ३१ देखि असार १ गतेसम्म धरानमा भएको बीपी मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगितामा सुनाखरीकी छात्रा निमा डोल्मा तामाङले २ स्वर्ण, १ रजत पदक र उत्कृष्ट फाइटरको उपाधिसहित नगद ८ हजार रुपैयाँ प्राप्त गरेकी थिइन् ।
त्यस्तै, गत ज्येष्ठ ३० र ३१ गते पोखरामा भएको १५ वर्ष मुनिका राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सुलेखा ठाकुरले १ रजत र १ कास्य पदक हासिल गरेकी थिइन् । यसैगरी सुनाखरीकै अर्का छात्र अनिष राईले फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. ले धरानमा आयोजना गरेको एसईई आइडल–२०२४ को गायनतर्फ फष्ट रनर अपको उपाधिसहित ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी गरिमा डान्स सेन्टर धरानले गत शनिबार आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्टमा सुनाखरीकी छात्रा आयुषा राईले मस्ट चार्मिङ फेसको सब टाइटलसहित तेश्रो बनेकी थिइन् । आयुषाले १५ हजार नगद पुरस्कार प्राप्त गरेकी थिइन् । सुनाखरीकै तनुजा लिम्बूले मस्ट फ्रेन्डसीप, एबिका लिम्बूले मस्ट डिसिप्लिन र सोफिया राईले मस्ट एक्टिभको उपाधि हासिल गरेकी थिइन् ।
विभिन्न उपाधि हासिल गरेका विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर र खदा लगाएर सम्मान गरेका थिए । यसै अवसरमा स्कुलले कराते प्रशिक्षक किरण लामा र टेबलटेनिसकी प्रशिक्षक गीता थापालाई समेत सम्मान गरेको छ । विद्यार्थीहरुको मनोबल बढाउँदै हौसला प्रदान गर्न सम्मान गरिएको प्रिन्सिपल राईले बताए ।

 

प्रकाशित मिति: असार ११ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend