Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा ट्राफिक बनेर सडकमै ट्राफिक नियम सिकाउँदै विष्णुका विद्यार्थी

हाम्रो कोशी आवाज
असार ११ २०८१, सोमबार
धरानको भानुचोकमा ट्राफिक बनेर सडकमै ट्राफिक नियम सिकाउँदै विष्णुका विद्यार्थी

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले सोमबार ट्राफिक नियम सिक्दै, सिकाउँदै गरेका छन् ।
भानुचोकस्थित मुख्य सडकमै निस्किएर उनीहरूले ट्राफिक नियम सिक्दै, सिकाउँदै गरेका हुन् । यसलाई स्थानीयले सह्रानीय काम समेत भनेका थिए । मुख्य सडकमा विद्यार्थीलाई ट्राफिक सचेतनासहित सडक पार गर्न सिकाउनुका साथै हेल्मेटमा बेल्ट लगाउने तरिका, सडकको दायाँ बायाँ कहाँ हिँड्नुपर्ने हो आदिबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख सुभाष केसीले सिकाएपछि उनीहरूले पनि सोहीअनुसार गरेका थिए ।
मुख्य सडक क्षेत्रमा क्षेत्रमा हुने दुर्घटना न्युनीकरण गर्न विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम थालिएको ट्राफिक प्रहरी प्रमुख केसीले जानकारी दिए ।
ट्राफिक नियमको अभावमा साना विद्यार्थीहरुले अकालमै ज्यान गुमाउन नपरोस्, कुनै पनि दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले सैदान्तिक र व्यवहारिक ज्ञान सिकाइएको उनले बताए । ‘खासमा विद्यार्थीलाई सिकाइएजस्तो गरिएपनि यसले चाहिँ समग्र हिसाबमा सबैलाई सचेतना होस् भनेर नयाँ अभियानलाई भरपुर उपयोग गरेका हौं ।’ उनले भने ।
उनले सडक कसरी पार गर्ने, कुन साइडबाट हिँड्ने, राजमार्गको सडक पार गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरु सडकमै उभिएर सैद्धान्तिक र व्यवहारिकरुपमा ज्ञान दिइएको बताए ।
विद्यालय जाने र विद्यालयबाट फर्किने समयमा जेब्राक्रसिङमै केहीबेर विद्यार्थी रोकेर ट्राफिक नियम पालनासँगै सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा सिकाउने गरिएको छ ।
ट्राफिक नियमअन्तर्गत सडक, सडक चिह्न प्रयोग, सवारीसाधनको प्रयोग गर्ने तरिका र सडक पार गर्दा दायाँबायाँ ध्यान दिनुपर्ने कुराहरुको विषयमा विद्यार्थी साथै सवारीचालकलाई पनि जानकारी तथा सचेत गराइएको उनले बताए ।
बजार क्षेत्रमा ठूला मानिसहरुले पनि मनलाग्दी ढंगबाट सडक पार गर्नाले दुर्घटनाको जोखिम बढेको छ ।
यसअघि विद्यालयमै ट्राफिक प्रहरी प्रमुख समेत पुगेर ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको र अहिले व्यवहारिकरुपमै सिक्न र ज्ञान लिन विद्यार्थी सडकमा आएको अतिरिक्त क्रियाकलाप संयोजक शम्भु रेग्मीले जानकारी दिए ।
यस्ता खालका जनचेतनामूलक कार्यक्रम विगतदेखि गरिँदै आएको र आगामी दिनमा पनि राखिने स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार ११ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend